कैलालीमा पहिलाे पटक महिला फुटबल गाेल्डकप मंसिर ५ गतेबाट

0

आगामी मंसिर ५ गते देखि १४ गतेसम्म कैलालीमा शैपाल महिला गोल्डकप हुने भएको छ ।

धनगढी रंगशालामा हुने प्रतियोगीतामा तीन विभागीय र ७ प्रदेशका गरी १० वटा टिमको सहभागीता रहनेछ । धनगढीमा पत्रकार सम्मेलन गरी झण्डै ८२ लाख खर्च लाग्ने अनुमान गरीएको प्रतियोगीताको विजेता टिमले ५ लाख र उपविजेताले २ लाख ५१ हजार पाउनेछन ।

त्यस्तै उत्कृष्ट खेलाडीलाइ स्कुटी प्रदान गरीनेछ । विभिन्न विधाका उत्कृष्टलाइ १०÷ १० हजार प्रदान गरीने छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाइ ५÷५ हजारका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ ।

नेपालमा पुरुष गोल्डकप धेरै हुने गरेपनि महिला गोल्डकप भने विरलै हुने गरेका छन् । फुटवलमा लागेका तथा नयाँ खेलाडी लाइ प्रोत्साहन गर्न प्रतियोगीता गर्न लागीएको आयोजकले जनाएको छ ।

Post Add 1025X115
Loading...