एनबीएलमा आर्मीकाे टाइम्समाथि राेमाञ्चक जित

0

नेपाल बास्केटबल लिग (एनबीएल) अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मीले टाइम्स इन्टरनेशनललाई ६७-६६ ले हराएको छ।

निकै राेमाञ्चक बनेकाे खेलको पहिलो क्वाटर आर्मीले २०-१९ ले आफ्नो पक्षमा पारेकाे थियाे भने दोस्रो क्वाटर टाइम्सले १५-१४ ले जितेकाे थियाे । तेस्रो क्वाटरमा आर्मीले १६-१३ को अग्रता बनाउँदा ५०-४७ को अगाडी रह्याे । अन्तिम क्वाटर टाइम्सले १९-१७ ले जित हात पारेपछि आर्मी एक अंकले विजयी भयाे ।

यस जितपछि आर्मीले टाइम्ससँगकाे यसअघि ब्यहाेरेकाे हारकाे बदला पनि लिएकाे छ । यसअघि भएको खेलमा टाइम्सले आर्मीलाई १०३-९६ ले पराजित गरेको थियो।

जितपछि आर्मीले टाइम्ससँगको अंक दूरी २ मा झारेको छ। तर आर्मीले एक खेल कम खेलेको छ। दुबै टिमले अहिलेसम्म एक-एक खेल हारेका छन्।

१२ खेलबाट ११ जितसहित २३ अंक जोडेको टाइम्स पहिलो स्थानमा छ। यस्तै ११ खेलबाट १० जितसहित २१ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ। १३ खेलबाट २० अंक जोडेको बुढानिलकण्ड नगरपालिका तेस्रो र १२ खेलबाट १८ अंक रहेको नेपाल पुलिस चौथो स्थानमा छ।

 

Post Add 1025X115
Loading...