म्यानचेस्टर सिटीकाे सफलतामा अरू क्लवमा डाह बढ्याे- मुवारक

0

म्यानचेस्टर सिटीका प्रमुख खाल्दोन अल मुवारकले क्लवको सफलतामा उसका प्रतिद्धन्द्धीहरुले इश्र्या गरेको बताएका छन । इंग्लिस क्लवको इतिहासमा पहिलो पटक एकै सिजन तीन वटा घरेलु प्रतियोगिता जितेको सिटीका प्रमुख मुवारकले टिमले हात पारेको उचाइमा सबैले रिस गरेको बताएका हुन ।

प्रिमियर लिग च्याम्पियन सिटीमा शिर्ष १० मा पर्ने मंहगा खेलाडी छैनन । उसको निकटम प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडसँग दुई वटा महंगा खेलाडी छन । जसमा पउल पोग्वा ८९ मिलियन पाउण्ड र रोमेलु लुकाकु ७५ मिलियन पाउण्ड मुल्यमा खरिद गरिएका थिए । यता लिभरपुलसँग पनि एक खेलाडी महंगा रहेका छन ।

सिटीले अघिल्लो सिजन सवार्धिक महंगो खेलाडीमा रियाद महरेजलाई ६० मिलियन पाउण्डमा ल्याएको थियो । त्यसपछि ५७ मिलियनमा एमिरीक लार्पोटी, ५५ मिलियनमा केभिन डी बु्रइन, ५२ मिलियनमा बेन्जामिन मेन्डीलाई अनुबन्ध गरेको थियो ।

सिटीले यो सिजन हात पारेको सफलतामा उसका निकटम प्रतिद्धन्द्धीले रिस गर्ने धेरै ठाँउ रहेका छन । तर सिटीका प्रमुख मुवारकले छिमेकी क्लवले गरेको रिसले आफुमा झन उर्जा थपेको बताएका छन । साथै उनले आगामी सिजनमा यो प्रदर्शनलाई झन उच्च स्थानमा लानेमा कुनै कसर बाँकि नराख्ने समेत बताएका छन ।

Post Add 1025X115
Loading...