राेहितकाे टिम पराजित

0

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको टिम पर्सिजा जाकार्ता इन्डोनेसियन लिग १ मा पिएसआइएस सिमार्गसँग २–१ ले पराजित भएकाे छ ।

पर पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा रोहितको टोली पराजित भएको थियो । ३७ औं मिनेटमा आर प्राबोओ गोलबाट पेर्सिजाले अग्रता लिएको थियो । तर दुई मिनेटको फरकमा सिमार्गाले गोल गरेपछि रोहितको टोली पराजित भयो ।

७५ औं मिनेटमा बराबरी गोल गरेका एच युलियान्टोले अर्को गोल ७७ औं मिनेटमा गरे । रोहितले आइतबारको खेल पुरै समय खेलेका थिए । २ खेलमा उनको टोलीले १ हार र अर्कोमा बराबरी गरेको छ । अघिल्लो सिजन पर्सिजा लिग च्याम्पियन बन्दा रोहित लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

Post Add 1025X115
Loading...