एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटः नेपालले पहिलाे खेल म्यानमारसँग खेल्ने

0

मलेसियामा आयोजना हुने एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको खेल तालिका सार्वजनिक भएकाे छ । जसमा नेपालले पहिलो खेलमा नेपालले म्यानमारसंग खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिलले खेल तालिका सार्वजनिक गर्दा नेपालकाे पहिलाे प्रतिद्वन्दी म्यानमार परेको हाे ।

समूह ‘ए’ मा रहेको नेपालले जुलाई २ मा म्यानमारसँग खेल्नेछ ।  यस्तै  जुलाई ५ मा सिंगापुर र समुहकाे अन्तिम खेलमा जुलाई ६ मा चीनसंग खेल्नेछ ।

अर्को समूहमा आयोजक मलेसिया, भुटान, हङकङ र  थाईल्याण्ड रहेका छन् । दुबै समुहका शिर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन।

नेपाल याे प्रतियाेगिताकाे साविक विजेता पनि हाे । उसले २०१७ मा भएकाे अघिल्लाे संस्करणकाे फाइनलमा हङकङमाथि ५ विकेटकाे जित निकालेकाे थियाे । साथै प्रतियाेगितामा नेपाल अपराजित एक्लाे टिम बनेकाे थियाे । यसपटक पनि नेपालकाे लक्ष्य उपाधि रक्षाा गर्नु नै हुनेछ ।

Post Add 1025X115
Loading...