सावित्रा अर्थात ‘साम्बा’ नाम नै पर्याप्त बन्दै नेपाली महिला फुटबलमा (भिडियाे)

0

नेपाली महिला फुटबलमा घरेलु प्रतियोगिता देखि अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा एकपछि अर्को रुपमा उत्कृष्ट प्रदर्शन गर्दै आफुलाई नम्वर एक स्ट्राइकरको बाटोमा अगाडी बढाइरहेकी खेलाडी हुन सावित्रा भण्डारी । कसिलो जिउडालका साथै छरीलो खेल्नेसैलीले सावित्रा पछिल्लो पटक दक्षिण एशियाली महिला फुटबलकै उत्कृष्ट स्ट्राइकरका रुपमा आफ्ना परिचय बनाउँदै गएकी छिन ।

पछिल्लो पटक भारतमा सम्पन्न महिला फुटबल लिगमा एक्लैले १५ गोल गरेर नेपाली खेलाडी पनि भारतीय खेलाडी भन्दा कम छैनन् भनेर प्रमाणित गरीन । लिगमा सर्वाधिक गोल गर्ने खेलाडीमा दोस्रो स्थानमा रहेकी सावित्राले तीन वटा ह्याट्रिक गरेकी थिइन ।

स्वदेश फर्किएपछि उनले आफुले मौका पाएमा एशियाली स्तरमा नै राम्रो गर्ने बताएकी छिन । हामीले तिनै सावित्रासँग भिडियो अन्तरवार्ता गरेका छौ ।

 

Post Add 1025X115
Loading...