बार्यन १२ औं पटक घरेलु प्रतियोगितामा दोहारो उपाधि जित्न सफल

0

बार्यन म्युनिखले घरेलु फुटबल प्रतियोगितामा १२ औं पटक दोहोरो उपाधि जितेको छ । बुन्डेसलिगाको उपाधि जितिसकेको बार्यनले गएराति जर्मन कपको उपाधि जितेसँगै नयाँ उचाई छुएको हो ।
बर्लिनमा भएको फाइनलमा आरबी लेइपजिङलाई तीन शुन्यले हराउँदै जर्मन कपको उपाधि उचाल्यो ।
एकतर्फि बनेको फाइनलमा जित दिलाउन बार्यनका लागि रोबेर्ट लेवान्दोस्कीले दुई गोल गरे । खेलको २९ औं मिनेटमा रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्यनले ७८ औं मिनेटमा कोमनको गोल मार्फत खेलमा दुई शुन्यले अगाडी रह्यो । त्यसपछि ८५ औं मिनेटमा पुनः लेवान्दोस्कीले नै बार्यनका लागि तेस्रो गोल गरे ।
यता लेइपजिङले पनि केहि गोलका सुन्दर अवसर पाएपनि बार्यनका गोलकिपर मानुयल नुयर बाधक बने ।
यसका साथै यो सिजनपछि बार्यनबाट बाहिरीने तयारीमा रहेका आर्यन रोवेन र फ्रांक रिवेरीको विदाई पनि सुखद भएको छ । तर राफिनाका लागि पनि त्यति सुदर हुन हुने । उनी पनि यो सिजनपछि बार्यनबाट बाहिरीने भएपछि अन्तिम खेलमा बेन्चमा बस्नुपर्यो ।

Post Add 1025X115
Loading...