विश्वकपकाे उपाधि रक्षा गर्न अष्ट्रेलियामाथि ठुलाे चुनाैती

0

क्रिकेट विश्वकपको सबैभन्दा सफल टिम हो अष्ट्रेलिया । एघार संस्करण सकिँदा अष्ट्रेलियाले पाँच उपाधि जितिसकेको छ । केही समय खराब फर्मबाट गुज्रिरहेको अष्ट्रेलियाले उपाधि रक्षा गर्न सक्ला ?

विश्वकपको एघार सँस्करण सकिँदा अष्ट्रेलिया सबैभन्दा सफल टिम हो । अघिल्लो संस्करणको विजेता अष्ट्रेलियाले समग्रमा पाँचौं उपाधि जितिसकेको छ । यो संस्करणमा अष्ट्रेलियालाई कमजोर आँकलन गरिएको छ । तर, अष्ट्रेलियालाई कहिले पनि कम आँक्ने गल्ति अन्य प्रतिष्पर्धीले गर्नेछैनन् ।

पाँच पटकको विश्व च्याम्पियन अष्ट्रेलिया पछिल्लो दुई वर्ष खराब फर्मबाट गुज्रिरहेको छ । एक दिवशीय वरियतामा अष्ट्रेलिया पाँचौं स्थानमा छ । वरियता क्रमको शीर्ष २० मा ब्याटिङतर्फ एक, बलिङतर्फ दुई र अलराउण्डरतर्फ दुई जनामात्र छन् ।

यसैलाई आधार मान्ने हो भने अष्ट्रेलिया टिम यो विश्वकपमा कमजोर देखिएको छ । तर, विश्वकपका लागि अष्ट्रेलियाले सन्तुलित टिम बनाएको छ । प्रतिबन्ध फुकुवा भएपछि फर्किएका डेविड वार्न र स्टिभ स्मिथको उपस्थितीले अष्ट्रेलियाली टिममा ज्यान आएको छ । यी दुई अनुभवी खेलाडीले अष्ट्रेलियाको उपाधि रक्षा अभियानमा महत्वपूर्ण भुमिका खेल्नेछन् ।

अष्ट्रेलिया टिमलाई दाबेदार नभनिएपनि महत्वपूर्ण प्रतियोगिताहरुमा उसको प्रदर्शन बलियो रहँदै आएको छ । भर्खरैमात्र अष्ट्रेलियन क्रिकेटले इतिहासकै कालो समय ब्यतित गरिसकेको छ । कप्तान एरोन फिन्चको काँधमा यो टोलीलाई सफलताको बाटोमा डोहो¥याउने जिम्मेवारी पाएका छन् । कमजोर भन्दै गर्दा पनि कम्तिमा सेमिफाइनल सम्म पुग्ने क्षमता असिजमा छ ।

ब्याटिङतर्फ वार्नर र स्मिथको प्रदर्शन डिफेन्डिङ च्याम्पियनको प्रमुख हतियार रहनेछन् । हालै सम्पन्न इण्डियन प्रिमियर लिगमा सर्वाधिक रन स्कोरर बनेका वार्नरले जुनसुकै बलिङ आक्रमणलाई निस्तेज सावित गर्न सक्नेछन् । तुलनात्मक रुपमा कम विस्फोटक भएपनि स्मिथको संयमतापूर्व ब्याटिङ गर्ने र म्याच विनिङ इनिङ बनाउन सक्ने क्षमता भएका खेलाडी हुन् ।

टिममा ठूलो इनिङ खेल्न सक्ने अन्य खेलाडी पनि समावेश छन् । उश्मान ख्वाजा, ग्लेन म्याक्सवे र शाउन मार्स जस्ता खेलाडीले अष्ट्रेलियाको योगफलमा महत्वपूर्ण योगदान दिन सक्नेछन् । बलिङतर्फ पनि मिचेल स्टार्क विपक्षि टिमका लागि खतरापूर्ण हुनेछन् । उत्कृष्ट फर्ममा रहेका प्याट कमिन्स प्रशिक्षक जस्टिन लांगरका अर्का हतियार हुन् ।

इन्ज्युरीका कारण करिव ६ वर्षपछि मैदानमा फर्किएका कमिन्स वरियता टेस्ट वरियताको अग्र स्थानमा छन् । उनलाई स्टार्क, नाथन लियोन र एडम जाम्पाले ब्यापकअप दिनेछन् ।

अष्ट्रेलियाले जुन १ मा अफगानिस्तानविरुद्धको खेलबाट एक विदवशीय विश्वकप उपाधि रक्षाको अभियान थालनी गर्नेछ । उसले जुन ६ मा वेष्ट इण्डिजसँग, ९ मा भारतसँग, १२ मा पाकिस्तानसँग, १५ मा श्रीलंकासँग, २० मा बंगलादेशसँग, २५ मा इंग्ल्याण्डसँग, २९ मा न्यू जिल्याण्डसँग र जुलाई ६ मा दक्षिण अफ्रिकासँग प्रतिष्पर्धा गर्नेछ ।

अष्ट्रेलिया टिम
एरोन फिन्च, उश्मान ख्वाजा, डेविड वार्नर, स्टिभ स्मिथ, शाउन मार्श, ग्लेन म्याक्सवेल, मार्कस स्टोनिस, एलेक्स केरी, प्याट कमिन्स, मिचेल स्टाक, केन रिचार्डसन, नाथन कोल्टर नाई, ज्यासन बेरेन्डर्फ, नाथन लियोन र एडम जाम्पा
प्रशिक्षकः जस्टिन लांगर

Post Add 1025X115
Loading...