नवजीवन र गुहेश्वरी विजयी

0

नवजीवन र गुहेश्वरीले तेश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार जित हात पारेका छन् ।

नव जीवनले सेबलाई ५५–४९ ले पराजित ग¥यो । नव जीवनका वर्षात श्रेष्ठले २० अंक जोडे । गुहेश्वरीले फ्युजन एकेडेमीलाई २९–१६ ले हरायो । विजेताका प्रवीणले १६ स्कोर गरे ।

ब्वाइजमै त्रिज्योतिले नवोदित्तलाई ४८–२३, नेपालयले लालीगुराँसलाई ४२–१७, टीआईएले न्यु बुद्ध प्रकाशलाई ४५–१९ र ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५१–४५ ले पाखा लगाए ।

गल्र्समा टीआईएले त्रिज्योतिलाई २०–१०, इनोभेटिभले न्यु बुद्ध प्रकाशलाई १५–१०, सिद्धार्थ बनस्थलीले क्लिनटनलाई २८–१६, एचएचसीएले आयोजक काठमाडौं विद्याकुञ्जलाई २०–१० र भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २३–१८ ले पन्छाए ।

Post Add 1025X115
Loading...