सावित्रा ३ महिना सशस्त्रकाे तालिममा जाँदै

0

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी तीन महिना फुटबलबाट केहि टाढा हुने भएकी छिन । सशस्त्र प्रहरीको तालिका कारण सावित्राले तीन महिना फुटबल खेल्ने नपाउने संभावना बढेको छ ।

भारतीय महिला फुटबल लिग खेलेर फर्किएपछि सावित्राले तीन महिना सशस्त्रको तालिममा परेकाले उपमेयर कप फुटबल खेल्ने नखेल्नेमा संका ब्यक्त गरिन ।

यो तीन महिनाको अवधिमा कुनै प्रतियोगिता भइरहेको खण्डमा तालिमबाट विदा मिलेमा खेल्ने समेत उनले बताइन ।

दक्षिण एशियाकै उत्कृष्ट स्ट्राइकरमा गनिने सावित्रा एक महिना भारतीय महिला लिगमा सेतु क्लवबाट खेलेकी थिइन । जसमा उनले १५ गोल गरेकी थिइन । उनले पुरै प्रतियोगितामा तीन वटा ह्याट्रिक गरेकी थिइन । एपीएफको तालिम सकेपछि उनी फेरी उत्कृष्ट लयमा मैदानमा उत्रने लक्ष्यमा छिन ।

Post Add 1025X115
Loading...