साफकाे नजित्दा बगेकाे आँसु भारतीय लिगमा पुछे- सावित्रा भण्डारी

0

दक्षिण एशियाकै उत्कृष्ट स्ट्राइकर सावित्रा भण्डारीले मौका पाएमा दक्षिण एशियामा मात्र होइन एशियाली स्तरमा नै उत्कृष्ट हुनसक्ने बताएकी छिन । साथै उनले फाइनल जितेपछि सावित्राले नेपालको झण्डा मैदानमा लगेर भारतीय अगाडी देखाएर साफमा ब्यहोरेको हारको आँसु पुछेको बताइन ।

भारतीय महिला लिग फुटबलमा पहिलो पटक सहभागिता जनाउदा आफ्नो टिम सेतुलाई च्याम्पियन बनाएकी सावित्रा भण्डारी र अनित बस्नेत स्वदेश फर्किएकी छिन ।

सेतुलाई उपाधि दिलाउन महत्वपुर्ण योगदान गरेकी सावित्राले भारतीय महिला लिग नेपालको भन्दा निकै ब्यवसायीक र धेरै कुरा सिक्न पाएको बताइन । उनले आफ्नो सतप्रतिशत दिएर खेलेकाले पनि राम्रो सफलता हात पारेको बताइन । उनले कुनै पनि प्रतिद्धन्द्धीलाई बलियो टिमका रुपमा लिइन, हरेक खेलमा मनोबल उच्च बन्दै गयो, पहिलो खेलबाट नै सोचेको जस्तो प्रर्दशन गर्न पाउँदा निकै राम्रो भयो । पहिलो खेलमा नै चार गोल गर्दा नै आफ्नो पुरै प्रतियोगितामा राम्रो प्रदर्शन रह्यो ।

सुरुवात देखि नै उनीहरुसँगे खेल्दा यस्तो टिमसँग हामी कसरी हारिरहेका छौ भन्ने कौतुहल जागिरहेको सावित्राले बताइन । उनीहरुको टिममा सिनीयर खेलाडीले जुनियरलाई जस्तो मोटिभेट गरिन्छ, त्यो नेपाली टिममा निकै कमि रहेको बताइन ।
सावित्राले दक्षिण एशियाली स्तरमा पछिल्लो केहि बर्षदेखि निरन्तर उत्कृष्ट स्ट्राइकरको उपाधि जित्दै आएको छु, अब मौका पायो भने एशियाली स्तरमा पनि आफुलाई प्रमाणित गर्नसक्ने विश्वास छ ।

लिगमा एक खेल बाहेक हरेक खेलमा गोल गरेकी सावित्राले नेपाल र भारतको महिला लिगमा ठुलो अन्तर रहेको प्रतिक्रिया दिइन ।

साथै उनले नेपाली खेलाडीले अवसर पाएमा दक्षिण एशियामा मात्र होइन एशियाली स्तरमा पनि राम्रो गर्न सक्ने क्षमता रहेको बताइन । यस्तै उनले राष्ट्रिय टिमबाट खेल्दा भारतसँग सधै किन डराउछौ, खेलाडी उस्तै भएपछि टिमको मनोबल किन घट्छ यस विषयमा सोच्नुपर्ने बेला आएको बताइन ।

फाइनल खेलकाे झझल्काे सम्झदै सावित्राले भनिन- फाइनलकाे पहिलाे हाफमा केहि नर्भस भएकाे थिए, तर दाेस्राे हाफमा मनाेबल उच्च हुँदै राम्राे खेले । उपाधि जितेपछि सबै खेलाडी खुसी मनाइरहँदा आफुले नेपालकाे झण्डा बाेकेर मैदानमा प्रवेश गरे । त्यसपछि भारतीय खेलाडीकाे अगाडी नेपालका झण्डा फहराएर साफमा ब्यहाेरेकाे हारकाे आँसु पुछे ।

यस्तै अनिता बस्नतेले पनि यो पटक भारतीय खेलमा धेरै सिक्ने मौका पाएको बताइन । आफ्नो प्रदर्शन सन्तोषजनक रहेको बताउने उनले आफुले सिकेको कुराले राष्ट्रिय टिमलाई फाइदा हुने बताइन । साथै उनले आफुले कम खेल खेल्ने मौका पाएपनि जति खेल खेले त्यसमा राम्रो गरे जस्तो लागेको बताइन ।

 

Post Add 1025X115
Loading...