भारतीय महिला लिगकाे प्रदर्शनबाट निकै खुसी छाै – सावित्रा र अनु

0

भारतीय महिला लिग फुटबलमा पहिलो पटक सहभागिता जनाउदा आफ्नो टिम सेतुलाई च्याम्पियन बनाएकी सावित्रा भण्डारी र अनित बस्नेत स्वदेश फर्किएकी छिन ।

सेतुलाई उपाधि दिलाउन महत्वपुर्ण योगदान गरेकी सावित्राले भारतीय महिला लिग नेपालको भन्दा निकै ब्यवसायीक र धेरै कुरा सिक्न पाएको बताइन । उनले आफ्नो सतप्रतिशत दिएर खेलेकाले पनि राम्रो सफलता हात पारेको बताइन ।

लिगमा एक खेल बाहेक हरेक खेलमा गोल गरेकी सावित्राले नेपाल र भारतको महिला लिगमा ठुलो अन्तर रहेको र नेपालमा पनि महिला लिगको अवधि लम्ब्याउन आवश्यक रहेको प्रतिक्रिया दिइन ।

यस्तै अनिता बस्नतेले पनि यो पटक भारतीय खेलमा धेरै सिक्ने मौका पाएको बताइन । आफ्नो प्रदर्शन सन्तोषजनक रहेको बताउने उनले आफुले सिकेको कुराले राष्ट्रिय टिमलाई फाइदा हुने बताइन ।

 

 

Post Add 1025X115
Loading...