कान्तिपुर हाफ म्याराथन ‘मिस’ नहाेस भनेर नयाँ भुमिकामा देखिइने कान्छिमाया काेजु

0

नेपाली एथ्लेटिक्सकी चर्चित धावीका तथा कान्तिपुर हाफ म्याराथनकी ५ पटककी च्याम्पियन कान्छिमाया कोजु यसपटक रेसमा उत्रिइनन् । तर रेसमा नदौडिएपछि उनी यसपटकको कान्तिपुर हाफ म्याराथनमा फरक भुमीकामा देखिइन् । पारीवारीक कारणले रेसमा सहभागिता नजनाए पनि उनी स्वंयमसेवकका रुपमा आफ्नो उपस्थिती जनाइन ।

२०६७ साल देखि २०७५ सालसम्म भएका आठ संस्करणमा ५ पटक उपाधि जितेर सफल धावीका बनेकी कान्छिमाया कोजुले उचित तयारीको अभाव त्यसमा पनि पारीवारीक कारणले नवौं सस्करण भाग लिइनन् । आफ्नो प्रिय प्रतियोगिता मिस नहोस भनेर कान्छिमाया ठिमीको एक स्टलमा धावकलाई पानी सेवन गर्न स्वंयमसेवकका रुपमा देखिइन ।

उनले आफ्नो फेसबुकमा फोटो राख्दै लेखेकि छिन– रोड उही, प्रतियोगिता उही, केवल फरक छ त भूमिका, यहि प्रतियोगिता हो, जहाँ मैल ५ बर्ष दौडीदै ५ वटा प्रतियोगिताको उपाधि जिते, त्यो पल साँचै रमाइलो अनि यादगार छ छदैछ, योपटक सहभागिता नभएपनि अरुसबै सहभागिलाई सहयोग गरियो ।

धावकलाई पानी सर्भ गर्नुका साथै कान्छिमायाले आफु बसेको बुथ वरपर हाफ म्याराथनमा दौडीदा फालिएको फोहोर पनि सफल गरेको फोटोहरु आफ्नो फेसबुकमा राखेकी छिन ।

कोजुले २०७६ सालमा भएको पहिलो संस्करणको उपाधि जितेकी थिइन भने २०६९ र २०७० तथा २०७३ र २०७४ मा पनि विजेता बनेकी थिइन । लगातार तेस्रो पटक उपाधि जित्ने राम्रो मौका भएपछि विभिन्न कारणले सहभागिता गर्न नपाएकी कान्छिमायाको एथ्लेटिक्सको मोह कति छ भन्ने यसबाट पुष्टी हुन्छ ।

Post Add 1025X115
Loading...