कान्तिपुर हाफ म्याराथनको उपाधि अनिश र विश्वरूपाले जिते

0

काठमाडौं, ११ जेठ । कान्तिपुर हाफ म्याराथनले नवौं संस्करणले नयाँ विजेता पाएको छ ।

एन्टी पोलुसन रनको नारा दिइएको यस संस्करणमा करीब ३ हजार ५ सयले सहभागिता जनाएको म्यारथनमा पुरुष तर्फ अनिस थापा मगर पहिलो भए । उनले हाफ म्याराथनको दूरी १ घण्टा ८ मिनेट चार सेकेण्डमा पुरा गर्दै नयाँ च्याम्पियन बने ।

यसैगरी दुर्गा बुढा दोस्रो र कृष्ण बस्नेत तेस्रो स्थानमा आए । दुर्गाले दुरी एक घण्टा नाै मिनेट २ सेकेण्डमा पुरा गरे भने तेस्राे बनेका नेपाली अार्मीका कृष्णले एक घण्टा ११ मिनेट ४२ सेकेण्डमा दुरी पार गरे ।

यसैगरी महिला तर्फ विश्वरुपमा बुढा पहिलो भइन् । उनले १ घण्टा २३ मिनेट २८ सेकेण्डमा दूरी पुरा गर्दै पहिलो भइन् । यसैगरी यसैगरी १ घण्टा २४ मिनेट एक सेकेण्डका साथ सन्तोषी श्रेष्ठ दोस्रो भइन् । तेस्राे स्थानमा रहेकी एपीएफकी बृन्दा श्रेष्ठले एक घण्टा २४ मिनेट ५८ सेकेण्डमा रेश पुरा गरीन ।

हाफ म्याराथन थापाथलीबाट सुरु भई माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, कौशलटार, थिमि, सल्लाघारी चोकबाट फर्किएर सोही रुट थापाथली आएर सम्पन्न भएको हो । अाजकाे रेसमा साविक विजेता हरीकुमार रिमालले विचमा त्यागे । पुर्ण रूपमा फिट नभएका कारण उनले रेस छाेडेका हुन । यता महिला तर्फकी साविक विजेता कान्छिमायाले पारिवारीक कारणले सहभागिता जनाइनन् ।  हाफ म्याराथनको आठ वर्षे इतिहासमा महिलातर्फ एपीएफकी कान्छीमाया कोजु र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल सबैभन्दा सफल खेलाडी हुन् ।

हाफ म्याराथनको महिला र पुरुष दुवैका विजेताले १–१ थान हिरो डुएट स्कूटर र ५०–५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । दुवै विधामा दोस्रोदेखि छैटौं सम्मका विजेताले क्रमशः ३० हजार, २० हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

ह्वील चेयर दौडमा रामबहादुर तामाङ विजयी भएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको यस इभेन्टमा प्रेम बहादुर विक दोस्रो हुँदा मोहनबहादुर बस्नेत तेस्रो स्थानमा आए ।

ह्वीलचेयर दौड अन्तर्गत महिला तर्फ यमी झाक्री मगर पहिलो हुँदा रजनी राई दोस्रो र बबिता थापा तेस्रो भइन् । ह्वील चेयर दौड तर्फका विजेताले क्रमश २० हजार १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीबाट शुरु भएर माइतीघर मण्डला हुँदै पुन थापाथली आएर ह्वील चेयर दौड सकिएको थियो । कर्पोरेट तथा मिडिया तर्फ ५ किलो मिटर दौडमा राजेश खड्का पहिलो भएका छन् ।

उनले १७ मिनेट २० दशमलब ०८ सेकेण्डमा दूरी पुरा गरेका थिए । यसैगरी १७ मिनेट ५५ दशमलब ९५ सेकेण्डका साथ अजय तामाङ दोस्रो हुँदा १८ मिनेट १२ दशमलब ४६सेकेण्डका साथ उत्तम श्रेष्ठ तेस्रो भए ।

कर्पोरेट तथा मिडिया अन्तर्गत महिला तर्फ काजल विष्टले २१ मिनेट २३ दशमलब ५ सेकेण्डमा दूरी पुरा गर्दै पहिलो भइन् । यसैगरी जुनेली सुनारले २३ मिनेट १९ दशमलव २ सेकेण्डका साथ दोस्रो भइन् ।

तेस्रो स्थानमा आएकी सुनीता गौतमले २४ मिनेट ९ दशमलब ७ सेकेण्डका साथ तेस्रो भइन् । कर्पोरेट दौडतर्फ भने भ्रमण प्याकेज पुरस्कार व्यवस्था गरिएको छ । उपाधि विजेता (महिला र पुरुष) ले ३ रात ४ दिनको थाइल्यान्ड भ्रमण, दोस्रो हुनेले २ रात ३ दिनको पोखरा भ्रमण र तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट पुरस्कारस्वरुप पाउने छन् ।

५ किलोमिटरको कर्पोरेट दौड थापाथलीबाट सुरु भई माइतीघर, नयाँ बानेश्वर, सिभिल अस्पताल अगाडिबाट फर्किएर सोही रुट थापाथली आएपछि सकिनेछ । हिृवलचियर दौड भने थापाथलीबाट माइतीघर मण्डला परिक्रमा गरी पुनः थापाथली आएर सम्पन्न भएको थियो ।

Post Add 1025X115
Loading...