कान्तिपुर हाफ म्याराथन : ह्वील चेयर तर्फ रामबहादुर र यमी पहिलो

0

कान्तिपुर हाफ म्याराथन अन्तर्गत ह्वील चेयर दौडमा रामबहादुर तामाङ विजयी भएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको यस इभेन्टमा प्रेम बहादुर विक दोस्रो हुँदा मोहनबहादुर बस्नेत तेस्रो स्थानमा आए । ह्वीलचेयर दौडक अन्तर्गत महिला तर्फ यमी झाक्री मगर पहिलो हुँदा रजनी राई दोस्रो र बबिता थापा तेस्रो भइन् ।

ह्वील चेयर दौड तर्फका विजेताले क्रमश २० हजार १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीबाट शुरु भएर माइतीघर मण्डला हुँदै पुन थापाथली आएर ह्वील चेयर दौड सकिएको थियाृे । कर्पोरेट तथा मिडिया तर्फ ५ किलो मिटर दौडमा राजेश खड्का पहिलो भएका छन् । उनले १७ मिनेट २० दशमलब ०८ सेकेण्डमा दूरी पुरा गरेका थिए । यसैगरी १७ मिनेट ५५ दशमलब ९५ सेकेण्डका साथ अजय तामाङ दोस्रो हुँदा १८ मिनेट १२ दशमलब ४६सेकेण्डका साथ  उत्तम श्रेष्ठ तेस्रो भए ।

कर्पोरेट तथा मिडिया अन्तर्गत महिला तर्फ काजल विष्टले २१ मिनेट २३ दशमलब ५ सेकेण्डमा दूरी पुरा गर्दै पहिलो भइन् । यसैगरी जुनेली सुनारले २३ मिनेट १९ दशमलव २ सेकेण्डका साथ दोस्रो भइन् । तेस्रो स्थानमा आएकी सुनीता गौतमले २४ मिनेट ९ दशमलब ७ सेकेण्डका साथ तेस्रो भइन् ।

कर्पोरेट दौडतर्फ भने भ्रमण प्याकेज पुरस्कार व्यवस्था गरिएको छ । उपाधि विजेता (महिला र पुरुष) ले ३ रात ४ दिनको थाइल्यान्ड भ्रमण, दोस्रो हुनेले २ रात ३ दिनको पोखरा भ्रमण र तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट पुरस्कारस्वरुप पाउने छन् ।

Post Add 1025X115
Loading...