मेसीले जिते छैटाैं पटक युराेपियन गाेल्डेनबुट

0

लिओनेल मेसीले करिअरको छैटौं पटक युरोपेली गोल्डेन बुट हात पारेका छन।  मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका थिए ।

युरोपका लिगहरुमध्ये सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्डमा दोस्रो स्थानमा पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पे रहे । यो अवार्ड जित्ने हाेडमा रहेका एमबाप्पे अन्तिममा चुक्न पुगे । शुक्रबार राती भएको लिगको अन्तिम खेलमा राइम्ससँग ३-१ को हार बेहोर्दा एमबाप्पेले १ गोल मात्र गरेपछि उनलाइ पछि पार्दै मेसीले याे अवार्ड जितेका हुन।

मेसीले लगातार तेस्रो पटक जित्दा स्पेनिस लिगका खेलाडीले याे अवार्ड जिते यो लगातार ११ औं सिजन हो । यसअघि सन् २००७/०८ मा क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट ३१ गोल गर्दै अवार्ड जितेका थिए ।

Post Add 1025X115
Loading...