लिभरपुलसँगकाे हार करियर कै खराव क्षण-लियाेनल मेस्सी

0

लियोनल मेस्सीले च्याम्पियन्स लिगमा लिभलपुलसंगको हार खेलाडी करीयरकै सबै भन्दा ठुलाे खराब क्षण भएकाे बताएका छन ।

उनले च्याम्पियन्स लिगमा लिभरपुलसंग हारको चोटमा मलम लगाउन कोपा डेल रे को उपाधि जित्न अावश्यक रहेकाे बताएका छन ।

३१ बर्षिय मेस्सीले सेमिफाईनलमा लिभरपुलको पराजयको बिषयमा अझैपनि सोचिरहेको उनले बताएका छन । कोपा डेल रे जित्नु नै सिजनको सफल अन्त्य गर्ने एक मात्र बाटो हो उनले बताए । 

ला लिगा च्याम्पियन बार्सिलोनाले शनिबार हुने खेलमा भ्यालेन्सियालाई पराजित गरेमा सिजनको दोहोरो उपाधि हात पार्नेछ ।

मेस्सीले चेतावनी दिदै पराजयले टिमले अझै खराब महशुस गर्ने बताएका छन् ।

उनले भने- हामी लिभरपुलसंगको दोस्रो हाफको खेलमा लज्जास्पद छाै । यो मेरो खेल जिवनकै सबै भन्दा खराब अनुभव हो ।

अर्जेन्टिनी फरवार्डको टिम अघिल्लो सिजन समेत क्वार्टरफाईनलमा रोमासंग पराजित भएका थिए ।

क्लबका लेजेण्डले ७ कोपा डेल रे सहित २१ वटा मुख्य उपाधि उचालेका छन् ।

Post Add 1025X115
Loading...