कान्तिपुर हाफ म्याराथन आज, पारसले उद्घाटन गर्ने, कान्छिमाया नदाैडिने

0

कान्तिपुर हाफ म्याराथनको नवौ संस्करण आज हुदैछ ।

२१ दशमलव पांच किलो मिटरको हाफ म्याराथन, पांच –पांच किलोमिटरको ह्विलचेयर र कर्पोरेट गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । यो वर्ष अहिले सम्मकै तीन हजार चार सय ७० भावकको सहभागिता रहनेछ । गत वर्ष दुइ हजार पांच सय ६० ले भाग लिएका थिए । प्रदुषण विरुद्ध चेतावनी मुल नारा रहेको हाफ म्याराथनको राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले उद्घाटन गर्नेछन ।

यस पटक सर्वाधिक चार पटककी च्याम्पियन कान्छीमाया कोजु भने सहभागी हुने छैनन् । पारिवारिक समस्याका कारण अभ्यासमा नरहेकाले प्रतिस्पर्धामा भाग नलिएको कान्छिमायाले बताएकी छिन् । राष्ट्रिय च्यािम्पयन त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत, साविक विजेता हरि रिमाल , एपीएफका गोपीचन्द्र पार्की लगायतका स्टार खेलाडी सहभागीता रहनेछ ।

कान्तिपुरको कार्यालय रहेको थापाथली स्थित सेन्ट्रल विजनेस पार्कबाट सुरु हुने हाफम्याराथन माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर सोहीस रुट हुदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर टुंगिनेछ ।

हाफ म्याराथनको महिला तथा पुरुष दुवै तर्फको विजेताले समान ५०–५० हजार र स्कुटर प्राप्तगर्नेछन । दोस्रो हुनेले ३० र तेस्रो स्थानप्राप्तगर्नेलाइ २० हजार प्रदानगरिनेछ । यस विधाको छैटौ स्थान सम्म रहनेले नगद पुरस्कार पाउनेछन ।

महिलातर्फ पछिल्ला आठ संस्करणमा पांच पटक कान्छिमाया कोजु र पुरुषतर्फ चार पटक हरि रिमालले उपाधी जितेका छन । हाफ म्याराथनको कान्तिपुर टेलभिजन बाट सात बजे पछि प्रत्यक्ष प्रशारण गर्नेछ ।

Post Add 1025X115
Loading...