इनोभेटिभ र स्किब्स विजयी सुरुआत

0

इनोभेटिभ र स्किब्सले तेश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार विजयी सुरुआत गरेका छन् ।
इनोभेटिभले द चाँदबाग स्कुललाई २५–१९ ले पराजित ग¥यो । इनोभेटिभको जितमा सब्यता महर्जनले १४ अंक योगदान गरिन् । सिर्जना आले मगरको १८ अंक सहयोगमा स्किब्सले आयोजक काठमाडौं विद्याकुञ्जलाई ३९–२७ ले हरायो ।

गल्र्सकै अन्य खेलमा सिद्धार्थ बनस्थलीले एसियन पब्लिकलाई २८–१४, एचएचसीएले त्रियोगलाई २१–१२ र भ्याली पब्लिकले त्रिज्योतिलाई २४–१० ले पाखा लगायो । सिद्धार्थ बनस्थलीकी रक्षा श्रेष्ठले १२, एचएचसीएकी अनिता सुनवारले ८ र भ्याली पब्लिककी सुजु गुरुङले ११ स्कोर गरे ।

ब्वाइजमा सेबले स्काइलार्कलाई ४०–२६, काठमाडौं जेभियरले काठमाडौं विद्याकुञ्जलाई ४९–३७ र एसियन पब्लिकले त्रियोगलाई ३०–१८ ले पन्छाए । सेबका बाबुराम पुनले २०, काठमाडौं जेभियरका प्रशान्त छाहरले १५ र एसियन पब्लिककी मोहित गुरुङले १५ अंक जोडे ।

Post Add 1025X115
Loading...