एन्टोनियो काेन्टे इन्टर मिलानको प्रशिक्षकमा नियुक्त

0

एन्टोनियो कान्टे इटालियन क्लब इन्टर मिलानको प्रशिक्षकमा नियुक्त हुने भएका छन् । गत वर्षको जुलाईमा चेल्सीले बर्खास्त गरेपछि उनको पुरानो क्लबसँग विवाद चल्दै आएको थियो । २ वर्षे कार्यकाल पुरा भएसँगै ४९ वर्षीय कोन्टे बाहिर भएका थिए ।

इन्टरमिलान सिरीए कपमा अहिले चौथो स्थानमा छ । यदि अबको खेलमा एम्पोलीलाई पराजित गर्न सके च्याम्पियन्स लिगका लागि क्वाली फाइङ गर्ने छ । कोन्टे नियुक्त भएकै सिजनमा चेल्सीले प्रिमियर लिगको उपाधि जितेको थियो । अर्को सिजन चेल्सीले एफए कप जित्यो । तर खेलाडीसँगको विवाद सतहमा आएपछि उनको निरन्तरता खतरामा परेको थियो ।

Post Add 1025X115
Loading...