एथलेटिक्स च्याम्पियनसिप बिडिङका क्रममा पीएसजीका अध्यक्षमाथि भ्रष्टाचारको आरोप

0

फ्रान्सका एक अधिवक्ताले पीएसजीका अध्यक्ष नासेर अल खोलाफीलाई विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजनाको दाबेदारीताको समयमा आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । सन् २०१९ को विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजनाको बिडिङमा उनविरुद्ध आर्थिक अनियमितताको आरोप लागेको हो ।

खेलाफी कतारी टेलिभिजन च्यानल बेल्न स्र्पोटसका मालिक हुन् । विश्व च्याम्पियनसिप आयोजनाको अनुशन्धानको घेरामा उनलाई राखिएको छ ।

आउँदो सेप्टेम्बरमा कतारमा एथलेटिक्सको विश्व च्याम्पियनसिप आयोजना हुँदैछ ।

सन् २०११ मा गरीएको ३५ लाख डलरको भुक्तानी शंकको घेरामा राखिएको छ । त्यसबेला नासेर अल खेलाफीको भाईको कम्पनीले अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघका पूर्व अध्यक्ष लेमाइन डियाकको छोराको फर्मलाई दुई वटा किस्तामा सो रकम भुक्तानी गरिएको थियो ।

८५ वर्षे लेमिन डियाकविरुद्ध गत मार्चमा भ्रष्टाचारको मुद्धा चलाइएको छ । उनका छोरा पापा मासाताको पक्राउ पुर्जि जारी गरिएको छ ।

लेमाइन डियाक सन् १९९९ देखि २०१५ सम्म अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघको अध्यक्ष थिए ।

बेल्न स्पोर्टसका अका कार्यकारी सदस्य युशुफ अल अबाइदलीलाई पनि अनुशन्धानको घेरामा राखिएको छ । अल खेलाफीका वकिलले भने यो आरोपको खण्डन गरेका छन् ।

Post Add 1025X115
Loading...