पदक विजेता एपीएफका खेलाडी सम्मानित

0

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ मा पदक जित्ने आफ्ना खेलाडीलाई सम्मान गरेको छ ।

प्रदेश नं. ५ को विभिन्न स्थानमा गत चैत २७ गतेदेखि बैशाख ११ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल एपीएफ क्लबको तर्फबाट सहभागी भई पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गरिएको हो ।

आठौंमा विभागीय क्लब एपीएफबाट सहभागी भएकामा २ सय ४ जना खेलाडीले पदक जितेका थिए ।

सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरे ।

यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेलले रजत र कास्य पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा १३ लाख ९५ हजार ५ सय रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको छ ।

स्वर्ण पदक विजेतालाई जनही १० हजार रुपैयाँ, रजत पदक विजेतालाई जनही ७ हजार रुपैयाँ तथा कास्य पदक विजेतालाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

यसैगरी एकभन्दा बढी पदक विजेता खेलाडीहरुलाई थप बिजयी प्रतिपदकमा ५० प्रतिशत पुरस्कार रकम थप गरी प्रदान गरिएको छ ।

प्रतियोगिताको कूल ३५ विद्या मध्ये २८ विद्यामा नेपाल एपीएफ क्लबका खेलाडीहरुले ५४ स्वर्ण पदक, ७१ रजत पदक र ७९ कास्य पदक गरी कूल २०४ पदकसहित तेस्रो स्थान हासिल गरेका थियो ।

Post Add 1025X115
Loading...