सरस्वतीनगर सी डिभिजन लिग छनोटको नकआउट चरणमा

0

सरस्वती नगर स्पोर्टिङ क्लब शहीद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको नकआउट चरणमा पुगेको छ ।

समूह ए अन्तर्गतको दुबै खेलमा जित हात पार्दै सरस्वतीले नकआउट चरणको यात्रा पक्का पारेको हो । यसअघि पहिलो खेलमा सरस्वती नगरले एसयस फुटबल क्लबलाई २–० ले हराएको थियो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा सरस्वती नगरले पञ्चकुमारी युवा क्लबलाई १–० ले हरायो । सरस्वती नगरको जितमा निशान माझीले निर्णायक गोल गरेका थिए ।

सरस्वती नगर नकआउटमा पुग्दा अन्य एसयस एफसी र पञ्चकुमारी दुबै प्रतियोगिताबाट बाहिरिएका छन् । बिहीबार नै भएको अर्को खेलमा ललितपुर ४ युनिफाइड भर्सिटी विजयी भएको छ ।

इमाडोल युवा क्लबले ललिपुर ४ युनिफाइडलाई ५–१ ले हरायो । इमाडोलको जितमा सुशान्त श्रेष्ठले ह्याट्रिक गरे भने क्रिजल खड्काले दुई गोल गरे । ललितपुरका लागि कुनसाङ गुरुङले सान्त्वना गोल गरेका थिए ।

Post Add 1025X115
Loading...