आईसीसी विश्वकपका पाँच भविष्यवाणी मिल्ला त ?

0

इंग्ल्याण्डमा आईसीसी विश्वकप क्रिकेटको ज्वरो ह्वात्तै बढेको छ । ३० तारिखदेखि शुरुहुने प्रतियोगिताका लागि सबैको ध्यान केन्द्रीत भइसकेको छ । आसन्न विश्वकपमा १० उत्कृष्ट टिमले सहभागीता जनाउँदैछन् । यसपाली लिग चरणमा सबैले सबैसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । लिग सकिँदा शीर्ष चारका बीचमा सेमिफाइनल खेल आयोजना हुने छ । जसमा पहिलो स्थानको टिमले तेस्रो स्थानको र द दोस्रो स्थानमा रहने टिमले चौथो स्थानकासँग प्रतिस्पर्धा गर्ने छन् । आउँदो विश्वकपमा विषयमा अब चर्चा गरौं पाँच भविष्यवाणीको ।

५. वेस्ट इण्डिज डार्क हर्स

वेस्टइण्डिजको क्रिकेट गजब को छ । कुनैसमय बीच क्रिकेटमा ख्याती पाएको वेस्टइण्डिजले पहिलो र दोस्रो विश्वकप जितेर सनसनी मच्चाएको थियो । तर त्यसपछि वेस्टइण्डिजले ५० ओभरको विश्वकप जित्न सकेको छैन् । तर २०१८ को टी–२० विश्वकप भने वेस्टइण्डिजले जितेको थियो । उत्कृष्ट खेलाडीहरुको टिम भएपनि आसन्न विश्वकपमा वेस्टइण्डिजलाई कमजोर आँकलन गरिन्छ । यस पटक क्रिस गेल, आन्द्रे रसेल, शिमरोन हटमायर र एविन लुईस जस्ता खेलाडी भएकाले जतिबेला पनि खेलको नतिजा तल माथि बनाउन सक्ने हैसियत राख्छन् ।

४. डेविड वार्नर र स्टीव स्मिथ

२०१८ मा अस्ट्रेलियाका डेविड वार्नर र स्टीव स्मिथका लागि सुखद् रहेन् । बल टेम्परिङ काण्डका कारण प्रतिबन्ध झेलेर टिममा फर्किएका छन् । डेविड वार्नरले उत्कृष्ट कमव्याक गरिसकेका छन् भने स्मिथ पनि त्यसको पखाईमा छन् । आसन्न विश्वकपमा यी दुई खेलाडीले राम्रो प्रदर्शन गर्ने भविष्यवाणी गरिएको छ ।

३. श्रीलंका चाँडै प्रतियोगितबाट बाहिरिन्छ


२०१९ को विश्वकपमा शामिल श्रीलंकाको टिमको कमान अनुभवहीन खेलाडीको हातमा दिइएको छ । यस टिममा अनुभवी व्याट्सम्यान नभएका कारण पनि श्रीलंकाको प्रदर्शनमाथि टिप्पणी गरिएको छ । पूर्व खेलाडीहरु महेला जयवर्धने, कुमार सगाकारा र तिलकरत्ने दिलशान जस्ता खेलाडीहरुले सन्यास लिइसकेका छन् । तर कुसल परेर, थिसारा परेर र लासिथ मालिंगा यो टिममा रहे पनि केही खेल जित्न सक्छन् । यस्तोमा श्रीलंकाली टिमको समग्रमा कुरा गर्द अनुभवकै कारण चाँडै प्रतियोगितबाट बाहिर हुने छ ।

२.पाकिस्तान सेमिफाइनलमा पुग्न सक्छ

आसन्न विश्वकपमा इंग्ल्याण्ड एक दिवसीय वरियताको शीर्ष स्थनमा रहँदै प्रतियोगिता खेल्दै छ । साथै भारत, अस्ट्रेलियाले पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । सेमिफाइनलमा इंग्ल्याण्ड, अस्ट्रेलिया र भारतका साथै पाकिस्तान पनि पुग्न सक्ने भविष्यवाणी गरिएको छ ।
किनकी पाकिस्तानी टिम मोहम्मद आसिफ र वहाब रियाज जस्ता अनुभवि खेलाडीलाई विश्वकपका लागि बोलाइएको छ । व्याटिङका हिसाबले पनि पाकिस्तानले अन्य टिमलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

१. विश्वकप पछि पुराना खेलाडीको विदाई

विश्वकप पछि पुराना तथा अनुभवि खेलाडीहरु विदा हुने अनुमान गरिएको छ । यसमा भारतका महेन्द्रसिंह धोनी, वेस्टइण्डिजका क्रिस गेल र दक्षिण अफ्रिकाका इमरान ताहिर रहेका छन् ।

#ICW19 #CRICKET #NEPLAYS

Post Add 1025X115
Loading...