राजनीतिमा गौतम गम्भीरको जवरजस्त डेव्यू

0

नयाँ दिल्ली ९ जेठ । भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरले राजनीतिमा सफलता हात पारेका छन् । भाजपाबाट दिल्लीको लोकसभामा चुनावमा उम्मेदवार बनेका गम्भीर जीत नजिक पुगेका छन् । उनले अहिलेसम्म खसेको भन्दा ५३ प्रतिशत बढी मत प्राप्त गरिसकेकाले उनको जीत निश्चित छ ।

उनले कंग्रेस आई र आम आद्मी पार्टीका उम्मेदवरालाई धेरै पछि पारेका छन् । गम्भीर राष्ट्रवादी छविका कारण दिल्लीको राजनीतिमा चर्चित छ । क्रिकेटको मैदानमा आक्रामक पारि खेलेका गम्भीरले राजनीतिमा पनि जवरजस्त डेव्यु गरेका छन् ।

२००७ को टी–२० विश्वकप जिताउँदा महत्वपूर्ण भूमिका खेलेका गम्भीरले २०११ को आईसीसी विश्वकप जिताउँदा फाइनलमा ९७ रन बनाएका थिए ।

यसैगरी पूर्व भारतीय क्रिकेटर कीर्ति आजाद पनि चुनावी मैदानमा छन् । झारखण्डमा कंग्रेसबाट उम्मेदवार बनेका आजाद भने चुनावी पारिमा सम्हालिएर प्रदर्शन गर्न सकेका छैनन् ।

अहिलेसम्म उनी भाजपाका उम्मेदवारभन्दा पछाडि रहेका छन् । उनले २०१४ को लोकसभा निर्वाचनमा वीजेपीबाट उम्मेदवार बन्दै सांसद बनेका थिए । तर भाजपा छाडेर कंग्रेसमा गएकै कारण उनलाई अहिले मुस्किल परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Post Add 1025X115
Loading...