एसीसी इमर्जिङ एशिया कप बंगलादेशमा, किन खेल्दैन नेपाल ?

0

एसीसी इमर्जिङ एशिया कप क्रिकेट बंगलादेशमा आयोजना हुने भएको छ । १२–२५ नोभेम्बर सम्म चल्ने प्रतियोगितामा ८ देशको सहभागिता हुने भएको छ ।

बंगलादेश क्रिकेट बोर्डले एसीसी इमिर्जिङ एशिया कप आयोजना गर्न तयार रहेको बताएको छ । यो प्रतियोगिता २०१७ मा बंगलादेशले आयोजना गरेको थियो भने २०१८ मा पाकिस्तान र श्रीलंकाले संयुक्तरुपमा आयोजना गरेका थिए ।

प्रतियोगिताको आयोजना गर्ने निर्णय बंगलादेशले गर्ने निर्णय गरे पनि प्रतियोगितास्थलको भने टुंगो लगाएको छैन् । प्रतियोगितामा टेस्ट खेल्ने देशका यू–२३ खेलाडीले सहभागीता जनाउने छन् भने अन्य देशको नेशनल टिमले खेल्ने छन् । ५० ओभरको प्रतियोगितामा बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको यू –२३ को टिम खेल्ने छ ।

टिममा यू –२३ माथिको सिनियर ४ जना खेलाडी राख्न पाइने भएपनि प्लेयङिसेटमा ३ जना मात्रै राख्न पाइने नियम पनि रहेको छ । यसैगरी अफगानिस्तान, यूएई, ओमान र हङकङको राष्ट्रिय टिमले सहभागीता जनाउने छ ।

२०२२ सम्म एकदिवसीय मान्यता पाएको नेपालले भने यस प्रतियोगितामा सहभागीता जनाउने छैन् । गत वर्ष एशिया कपकाे छनाेटमा नेपाल चाैथाे भएकाले यस पटक प्रतियाेगितामा सहभागीता जनाउन नपाउने भएकाे हाे । यस प्रतियाेगितामा गत एशिया कप छनाेटका शीर्ष तीन टिमलाई स्थान दिइएकाे छ ।

Post Add 1025X115
Loading...