मेस्सीको अटोग्राफसहितको ब्राण्ड बजारमा आउँदै

0

लियो मेस्सी म्यानेजमन्ट र गिन्नी हिलफिगरको संयुक्त सहकार्यमा तयारी कपडाको नयाँ ब्राण्ड शुरु गर्ने भएका छन् । यो ब्राण्डमा अर्जेन्टाइन स्टारकी बहिनी मारिया सोल र अमेरिकी डिजाइनर टमी हिलफिगरकी बहिनी गिन्नीवीच सहकार्य हुने भएको हो ।

यो ब्राण्डले पुरुषले प्रयोग गर्ने कपडाहरुको उत्पादन गर्नेछ, जसले स्पोर्टी अनुभव दिनेछ । आउँदो जुलाईमा द मेस्सी स्टोर नामक अनलाइन पोर्टलमार्फत लन्च गरिनेछ ।

उत्पादित सामान (कपडा) हरुमा लियोनल मेस्सी आफैंले सिग्नेचर गर्नेछन् ।

Post Add 1025X115
Loading...