२०२२ को फिफा विश्वकपमा ३२ टिम नै खेल्ने

0

फिफा विश्वकप फुटबलमा ३२ टिम नै खेल्ने भएका छन् ।

२०२२ मा कतारमा आयोजना हुन लागेको विश्वकप फुटबलमा ३२ बाट बढाएर ४८ देशलाई विश्वकप खेल्न दिने विषयमा लामो छलफल भएको थियो । तर पर्याप्त तयारी अभावका कारण आउँदो संस्करणमा यो सम्भव नदेखिएको हो ।

फिफाका अध्यक्ष गिनी इन्फिेटिनोले ४८ टिमलाई विश्वकप खेल्न दिने विषयमा गहन छलफल हुँदा अहिले सम्भव नभएको बताए ।

कतारले पनि ४८ देशलाई विश्वकप खेलाउने गरि तयारी गर्ने बताए पनि अहिले त्यो सम्भव नहुने देखिएको छ । गत नोभेम्बरमा यूईएफएका अध्यक्ष अलेक्जेन्डर सेफरिनले पनि २०२२ को विश्वकपमा ४८ देशलाई खेलाउन नसकिने बताएका थिए ।

उक्त प्रस्तावलाई उनले अस्वभाविक भनेका थिए ।

Post Add 1025X115
Loading...