प्रदेश २ सरकारबाट स्वर्ण विजेता अजितले पाए नगदसहित सम्मान

0

एथ्लेटिक्समा  स्वर्ण पदक विजेता अजितकुमार यादव सम्मानित भएका छन् । उनलाई बुधबार प्रदेश दुईका  मुख्यमन्त्री लालबाबु राउतले पुरस्कृत गरेका हुन् ।

चैतमा हङकङमा सम्पन्न थर्ड एसियन युथ एथलेटिक्स च्याम्पियनसिप २०१९ का स्वर्ण पदक विजेता सप्तरी राजविराज १२ निवासी यादवलाई मुख्यमन्त्री राउतले ५ लाख ११ हजारको चेक हस्तान्तरण गर्दै पुरस्कृत गरे ।

३ हजार मिटरको दौड ८ मिनेट ३० सेकेण्डमा पूरा गर्दै यादवले स्वर्ण पदक जितेका थिए । नेपाली खेलकुदकाे इतिहासमा एथलेटिक्समा स्वर्ण पदक जित्ने अजित पहिलो खेलाडी पनि हुन् ।

Post Add 1025X115
Loading...