टी–शर्ट लगाउँदैमा रंगभेदविरोधि आन्दोलनले सफलता पाउँदैन

0

एजेन्सी, ८ जेठ । इंग्ल्याण्ड र म्यानचेस्टर सिटीको स्ट्राइकर रहिम स्टर्लिङले सामाजिक सञ्जाल वहिष्कार गरेर टी–शर्ट लगाउँदैमा रंगभेदविरुद्ध लड्न नसकिने बताएका छन् ।

रंगभेदगर्नेलाई कडा काुनुनी सजाय हुनुपर्नेमा स्र्टलिङको माग थियो । २४ वर्षीय स्टर्लिङले वाल स्ट्रिट जर्नलको ‘फ्यूजर अफ एभ्रिथिङ फेस्टिवल इन न्यूयोर्क’मा कुरा गर्दै यस्तो बताएका हुन् ।

स्टर्लिङले इंग्लिस प्रिमियर लिगमा सिटीलाई च्याम्पियन बनाउँन प्रतियोगिताभर २५ गोल गरेका थिए । गत डिसेम्बरमा चेल्सीका प्रशंसकले रंगभेदी दुव्र्यवहार गरेपछि उनले मिडियाको समेत आलोचना गरेका थिए ।

अप्रिलमा प्रोफशनल फुटबलर्स एशोसिएशनले इंग्ल्याण्ड र वेल्समा खेलाडी माथि दुव्र्यवहार गरेको विरोधमा २४ घण्टा सामाजिक सञ्जाल बहिष्कार गर्ने घोषणा गरेका थिए ।

Post Add 1025X115
Loading...