डेभिड डी जिया म्यानचेस्टरमा नबस्ने !

0

नेप्लेज, ८ जेठ ।  स्पेनिस गोलरक्षक डेभिड डी जियाले म्यानचेस्टर युनाइटेडको पछिल्लो प्रस्तावलाई अस्वीकार गरेका छन् । युनाइटेडले उनको सम्झौता २०२० सम्मको लागि लम्ब्याउन विकल्प अघि सारेको थियो ।

बेलायती पत्रिका द सनका अनुसार अर्को सिजन डी जिया म्यानचेस्टरबाट खेल्ने छैनन् । म्यान्चेस्टरका लागि भने नयाँ गोलरक्षक खोज्न दवाव बढेको छ । डी जिया यही समरमा युनाइटेडबाट बाहिरिनछन् ।

फ्रान्सेली च्याम्पियन पीएसजीले डी जियामाथि आँखा लगाइरहेको छ । उसले डिगियाको लागि साताको ३ लाख ५० हजार पाउण्ड खर्च गर्नुपर्नेछ । डी जिया पछिल्लो सातमध्ये पाँच सिजन प्रिमियर लिगको उत्कृष्ट गोेलरक्षकको बनेका छन् ।

उनी २०१४ देखि २०१८ सम्म लगातार चार सिजन युनाइटेडको प्लेर अफ दि इयर भएका थिए । यस सिजन भने उनले ठूलो संघर्ष गर्नुपर्यो । यसपटक को च्याम्पियन्स लिगमा बार्सिलोनाबिरुद्धको पराजयमा उनैको गल्तीलाई प्रमुख कारण मानिएको थियो । प्रिमियर लिगमा पनि उनको बेबकुफी धेरै दोहोरिएको थियो ।

Post Add 1025X115
Loading...