बीबीसी महिला फुटबलर अवार्ड हेगरबर्गलाई

0

एजेन्सी, ८ जेठ । इंग्लिस क्लब लियोनकी स्ट्राइकर एडा हेगरबर्गले बीबीसी महिला फुटबलर अफ दी इयरको उपाधि जितेकी छिन् ।

च्याम्पियन्स लिगको फाइनलमा ह्याट्रिक गरेको चार दिन पछि यो पुरस्कारका लागि विश्वभरका समर्थक माझ भोटिङ गरिएको थियो । जसमा उनी विजयी भइन् । अवार्ड जिते पछि खुसीहुँदै एडाले सबै समर्थकलाई धन्यवाद समेत दिइएकी छिन् ।

अवार्डमा गरिएको भोटिङ अनुसार डेनमार्क र वोल्फ्बर्गकी स्ट्राइकर पर्नेल हार्डर दोस्रो स्थानमा आइन् । अस्ट्रेलिया तथा शिकागो रेड स्टार्ससकी सेम केर तेस्रो स्थानमा रहिन् ।

बीबीसी वल्र्ड सर्भिस अवार्डका लागि पाँच खेलाडीलार्य शटलिस्ट गरिएको थियो । जसमा जापान तथा ल्योन की डिफेन्सिव मिडफिल्डर साकी कुमागाई र पोर्टल्याण्ड थन्स अमेरिककाकी मिडफिल्डर लिन्डेस होरान पनि उपाधिको होडमा चौथो र पाचौं भए ।  २३ वर्षीया नर्वेजियन हेगरबर्गले यो पुरस्कार २०१७ मा पनि पाएकी थिइन् ।

Post Add 1025X115
Loading...