चेल्सीका नयाँ खेलाडी पुलिसिच भन्छन्– हाजार्ड जस्तै बन्न चाहन्छु

0

इंग्लिस क्लब चेल्सीले अमेरिकी फरवार्ड क्रिष्टियन पुलिसिचलाई अनुबन्ध गरेको छ ।

उनलाई चेल्सीले जर्मन क्लब बोरुसिया डोर्टमण्डबाट ५८ मिलियन पाउण्डमा साढे पाँच वर्षका लागि अनुबन्ध गरेको हो ।

सम्झौता गरेपछि बोरुसिया डोर्टमण्डको यो सिजनको खेल बाँकी रहेकाले उनलाई लोनमा जर्मनी नै जान अनुमति दिइएको छ । २० वर्षे पुलिसिचले इंग्ल्याण्डमा दुई दिनमात्र विताउन पाए ।

पुलिसिचले इडिन हाजार्डको अभाव भुलाउन सक्ने अनुमान गरिएको छ । नयाँ सिजनका लागि हाजार्ड रियल मड्रिड जाँदैछन् । बेल्जियन प्ले मेकर हाजार्ड युरोपा लिगको फाइनल पछि सान्टियागो बर्नाबाउ जानेछन् ।

एक अन्तरवार्तामा पुलिसिचले भने, ‘इडिनले खेलेको उत्कृष्ट छ । यस्तै प्रदर्शन गर्न चाहान्छु ।’ यो ट्रान्सफरमा उनी सबैभन्दा महँगा अमेरिकी खेलाडी बनेका छन् । उनले बुण्डेस लिगाको २० खेलमा चार गोल गरेका छन् । जर्मनीको शीर्ष डिभिजन लिगमा डोर्टमण्ड उपविजेता बनेको छ ।

Post Add 1025X115
Loading...