भारतीय महिला लिगको उपाधि भिडन्त आज, सावित्राकाे सेथु र मणिपुर भिड्दै

0

भारतीय महिला लिगको उपाधिका लागि आज मनिपुर पुलिस स्पोर्टिङ क्लब र सेथु फुटबल क्लब आमने सामने हुँदैछन् । यी दुई क्लब यो प्रतियोगितामा उत्कष्ट प्रदर्शन गरेर फाइनलसम्म आइपुगेका हुन् ।

नेपाली स्ट्राइकर सावित्रा भण्डारी सम्मेलित टिम सेथुले खेलेको ६ वटै खेलमा जित हात पारेको थियो । मनिपुरले भने लिगमा सेथुसँगमात्र पराजय भोगेको थियो । मनिपुरले यसअघि खेलेको ६ वटा खेलमा गोलको वर्षा नै गरेको छ । ६ म्याचमा मनिपुरले ४१ गेल गरेको छ । जसमा साई एसटीसी कुत्ताक र बैंग्लोर युनाइटेडविरुद्धको खेलमा १०–० को जित पनि समावेश छ ।

यता सेथुले भने ४२ गोल गरेको छ । उसले एक म्याचमा ७ गोलको औषतमा गोल गरेको छ । नेपाली फरवजार्ड सावित्रा भण्डारीले ६ खेलमा १३ गोल गरिसकेकी छिन् । उनका टिमका भारतीय खेलाडी दाङमेई ग्रेस र सन्धियाले क्रमश आठ र सात गोल गरेका छन् ।

Post Add 1025X115
Loading...