सावित्राको चार गोल : सेथु भारतीय महिला लिगको फाइनलमा (भिडियाे)

0

एजेन्सी, ६ जेठ । नेपाली फुटबलर सावित्रा भण्डारीको टिम सेथु भारतीय महिला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सावित्राले चार तथा ग्रेसले ह्याट्रिक गरेको खेलमा रतनवालाले एक गोल थपेकि थिइन् ।

सोमबार भएको सेमिफाइनलमा एसबीएस वुमन फुटबल क्लबलाई ८–१ गेलको फराकिलो जित निकाल्ने क्रममा सावित्राले ह्याट्रिक गरिन् । जारी लिगमा सावित्राको यो तेस्रो ह्याट्रिक पनि हो ।

१३ औं मिनेटमा ग्रेसले गोल गर्दै सेथुलाई अग्रता दिलाइन् । ४१ औं मिनेटमा सावित्राले व्यक्तिगत पहिलो गोल गर्दा उनको टिम सेथु २–० ले अघि बढेको थियो । सावित्राले ग्रेसका क्रसमा गोल गरेकी थिइन् ।
पहिलो हाफको अतिरिक्त समयमा सुमित्राको पासमा गोल गर्दै सेथु ३–० ले अघि हुँदा ग्रेसले व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् ।
पहिलो हाफमा ३–० को अग्रता बनाएको सेथुले दोस्रो हाफमा थप ५ गोल गरेको थियो भने एक गोल खान पुग्यो । नेपालकी सावित्राले दोस्रो हाफमा ह्याट्रिक पुरा गरेकी थिइन् ।

५२ औं मिनेटमा सेथुका लागि ग्रेसले ह्याट्रिक पुरा गरिन् । अस्टलताको पासमा हेडर मार्फत व्यक्तिगत दोस्रो गोल गर्दा उनको टिम सेथु ५–० ले अघि बढेको थियो । ६५ औं मिनेटमा सावित्राले ह्याट्रिक पुरा गर्दा उनले अस्टलतादेवीको पासमा गोल गरेकी थिइन् । ७१ औं मिनेटमा एसएबीका लागि दुरान मराण्डीले सान्त्वना गोल फर्काइन् ।

७३ औं मिनेटमा रतनवालाले टिमका लागि सातौं गोल गरिन् ।

ह्याट्रिक गरेकी सावित्राले ९० औं मिनेटमा व्यक्तिगत चौथो गोल गर्दा सेतु ८–१ गोलको फराकिलो अन्तरले विजयीहुँदै फाइनलमा पुग्न सफल भयो ।

सेथुले अब फाइनलमा मनिपुर पुलिस स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्ने छ । जसलाई समूह चरणमा सेथुले ६–४ गोल अन्तरले पराजित गर्दा सावित्राले पहिलो ह्याट्रिक समेत गरेकी थिइन् ।

Post Add 1025X115
Loading...