ब्रुक्स कोइप्का युएस पीजीए च्याम्पियनसिपको कीर्तिमानी उपाधि नजिक

0

नेप्लेज, ५ जेठ । ब्रुक्स कोइप्काले भनेका छन् कि उनी युएस पीजीए गल्फ च्याम्पियनसिपको उपाधि रक्षाका लागि तयार छन् । जहाँ उनले अन्तिम चरणको खेल बाँकी रहँदा आइतबार ७ शटको अग्रता बनाएका छन् ।

१२ अण्डरबाट सुरुआत गरेका यी अमेरिकी गल्फरले लेभल पार ७० स्कोरको प्रदर्शन गरे । अन्य गल्फरले यस्तो प्रदर्शन गर्न सकेनन् ।

विश्व नम्बर एक डस्टिन जोन्सनले ६९, जोर्डन स्पिचले ३ अण्डर ७२ को प्रदर्शन गरे । ४ अण्डर ७० को प्रदर्शनसहित इंग्ल्याण्डका म्याच वालेसले युरोपेली गल्फरको नेतृत्व गरिरहेका छन् ।

२९ वर्षीय कोइप्काले पछिल्लो ८ मध्ये चार प्रतियोगिताको उपाधि जितेका छन् । यूएस पीजीएमै पनि उनले अघिल्लो सिजनको उपाधि उचालेका थिए । यसपटक पनि प्रतियोगिता जिते, उनी लगातार दोस्रोपल्ट यूएस पीजीए च्याम्पियनसिप जित्ने पहिलो गल्फर बन्नेछन् । सन् २०१७ र २०१८ मा उनले लगातार दुुईपटक युएस ओपन गल्फको उपाधि जितेका थिए ।

५४ होलमा ७ शटको अग्रता हासिल गर्नु भनेको युएस पीजीए च्याम्पियनसिपमा कीर्तिमानजस्तै हो । यस चरणमा यति अग्रता हासिल गरेपछि यसअघि कुनै पनि गल्फरले उपाधि गुमाउनु परेको छैन । कोइप्काले भनेका छन्, ‘कीर्तिमानबारे म कहिल्यै सोच्दिन तर यदि त्यस्तो कीर्तिमान नजिक छ भने पक्कै पनि प्रयास गर्नेछु ।’

Post Add 1025X115
Loading...