५ युवा खेलाडी जो आईसीसी विश्वकप खेल्दैछन्

0

एजेन्सी, ४ जेठ । हरेक खेलाडीको इच्छा हुन्छकी खेल जीवनमा आफूले खेल्ने खेलको विश्वकप खेल्ने । यसमा कोही यस्ता भाग्यमानी खेलाडीहरु हुन्छन् जसले सानै उमेरमा पनि विश्वकप खेल्ने मौका पाउँछन् । ३० मेबाट इंग्ल्याण्डमा शुरु हुन लागेको आईसीसी विश्वकप क्रिकेट खेल्ने पाँच युवा खेलाडीहरुको चर्चा गरौं ।

५.शदाब खान (पाकिस्तान)

शादाब खान

पाकिस्तानी टिममा अलराउण्डरका रुपमा शदाब खानले २०१७ मा डेब्यू गरेका थिए । त्यसयता उनले ३४ एकदिवसीय क्रिकेटमा २९४ रन बनाएका छन् । साथै उनले ४७ विकेट पनि हात पारिसकेका छन् ।

४. इकरम अली (अफगानिस्तान)

इकरम अली
अफगानिस्तानका युवा खेलाडीहुन् इकरम अली । यसै वर्षको मार्च २ मा एकदिवसीय क्रिकेटमा डेव्यु गरेका अली आईसीसी विश्वकप खेल्न पाउने भाग्यमानी युवा खेलाडी हुन् । अहिलेसम्म जम्मा २ एकदिवसीय खेलका अलिले ६रन मात्रै बनाएका छन् । तर घरेलु लिगमा भने उनले ११ खेलमा ४७४ रन बनाएका छन् ।

३.शाहीन शाह अफरिदी (पाकिस्तान)

shahin afridi
पाकिस्तानी टिमका तिब्रगतिका युवा खेलाडी हुन् शाहीन शाह अफरिदी । उनले २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेव्यु गरेका थिए । अफरिदीले अहिलेसम्म १३ खेलमा २० विकेट लिएका छन् ।

२. मुजीब उर रहमान (अफगानिस्तान)

मुजीब उर रहमान
अफगानिस्तानका मिस्ट्री स्पिनरका नामले उनी परिचित छन् । सानै उमेरमा नै उनको बलिङले धेरैलाई हैरान पारि सकेका छन् । २८ एकदिवसीय क्रिकिेटमा उनले ३.७ को औसतले ५१ बिकेट लिइसकेका छन् ।

१. मोहम्मद हसैन (पाकिस्तान)

मोहम्मद हसनैन
मोहम्मद हसैन पनि तिब्र गतिको बलरका रुपमा पाकिस्तानी टिममा रहेका छन् । उनले पनि यसै वर्षको मार्चमा डेव्यु गरेका थिए । उनले ३ खेलबाट २ विकेट लिएका छन् ।

Post Add 1025X115
Loading...