क्रिकेट विश्वकपका ८ ठूला विवाद, जसको चर्चा सधैं हुन्छ

0

एजेन्सी, ३ जेठ । आईसीसी विश्वकप क्रिकेटका लागि सहभागी १० टिमले तयारी गरिरहेका छन् । विश्वकप सबैकालागि चासोको विषय पनि हो । खेलमा विवाद नहुने भन्ने कुरै आउँदैन् । अन्य खेलको तुलनामा क्रिकेट अनुशासित खेल पनि मानिन्छ । तर यो खेल पनि विवादरहित भने छैन। विश्वकपमा भएका विर्सन नसकिने विवादहरुबारे चर्चा गरौं ।

१. शेन वार्न डाेपिङमा फेल

२००३ मा विश्वकप अघि भएको डोपिङ टेस्टमा प्रतिबन्धित पदार्थ प्रयोग गरेको अभियोगमा अस्ट्रेलियाका शेन वार्नले प्रतियोगिता छाड्नु परेको थियो । त्यसपछि उनी दक्षिण अफ्रिकाबाट घर फर्किए । प्रतियोगिता छाड्नु परेका वार्नलाई १ वर्षको प्रतिबन्ध पनि लागेको थियो । त्यतिबेला शेन वार्न उम्दा फर्ममा थिए । उनको वर्हिगमन अस्ट्रेलियाका लागि प्रतियोगिता अघि ठूलो झड्का लाग्यो । तर रिकी पोन्टिङको कप्तानीमा रहेको अस्ट्रेलियाले सम्हालिएर प्रदर्शन मात्रै गरेन अन्ततः ट्रफी नै कव्जा गरेको थियो ।

२. बब वुल्मरकाे म‌‍ृत्यु

२००७ को विश्वकपमा आयरल्याण्डसँग पाकिस्तान पराजित भयो । पाकिस्तान ३ विकेटले पराजित भएको थियो । पहिला ब्याटिङ गरेको पाकिस्तान १३२ रनमा समेटिएको थियो भने डिएल मेथड अनुसार आयरल्याण्ड ३ विकेटले विजयी भएपछि पाकिस्तान प्रतियोगितबाट बाहिर भयो । उक्त खेलपछि पाकिस्तानका कोच बब वुल्मर बसेको होटेलमा मृत भेटिए । उक्त घटनाको जाँच भए पनि मृत्यु प्राकृतिक कारणले भएको पुष्टि भएको थियो ।

३. लिट्टे आक्रमण

लिबरेशन टाइगर्स अफ तमिल इलम (लिट्टे)ले कोलम्बोको सेन्ट्रल बैंकमा बम प्रहार गरेपछि सुरक्षाको कारण देखाउँदै वेस्टइण्डिज र अस्ट्रेलिया श्रीलंका खेल्न जान नमाने पछि त्यसको फाइदा घरेलु टोली श्रीलंकालाई भयो । समूह चरणमा शीर्ष स्थानमा रहँन सफल भयो र फाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै विश्वकपको उपाधि नै जितेको थियो । जुन श्रीलंकाले जितेको पहिलो विश्वकप थियो ।

४. शाशकबिरुद्ध प्रदर्शन

जिम्बाबेमा रोबर्ट मुगाबेको शासनले लोकतन्त्रको हत्या भएको भन्दै त्यसको विरोधमा खेलाडीहरु उत्रिए । त्यसको विरोधमा एन्डी फ्लावर र हेनरी ओलंगाले पत्रकार सम्मेलनमा प्रतियोगितामा हातमा कालो पट्टि बाँधेर खेल्ने घोषणा गरे । उक्त घटनापछि उनीहरुले अन्तर्राष्ट्रिय जगतबाट साथ पाए पनि विश्वकप भने छाड्नु परेको थियो ।

५. एक बलमा २२ रन ?

१९९२ मा विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिडेका थिए । दक्षिण अफ्रिकाले १३ बलमा २२ रन बनाउन बाँकी रहेकाबेला पानी पर्न शुरु भयो । सबैले यो खेलमा अफ्रिका फाइनलमा पुग्ने अपेक्षा गरेका थिए । तर पानीले प्रभावित गरेपछि नयाँ लक्ष्य सेट हुँदा ७ बलमा २२ रन दिइयो । पानीले फेरि प्रभावित गरेपछि अन्तिम लक्ष्य १ बलमा २२ रन थियो । जुन क्रिकेटमा कहिल्यै यति रन बन्दैन । जसले दक्षिण अफ्रिकालाई चोकर बनाउन थप पर्याप्त भयो ।

६. हुल्याहा भारतीय दर्शक

१९९६ को सेमिफाइनलमा भारत र श्रीलंका भिडेका थिए । भारतका खेलाडीहरु लगातार आउट हुँदा सचिन तेन्दुलकर क्रिजमा डटेका थिए । उनी पनि ६५ रन बनाएर पेभेलियन फर्किए । भारतको पारी ३४ ओभरको खेल चल्दा २ विकेट मात्रै बाँकी थियो । त्यसपछि इडन गार्डेनमा खेल हेर्न पुगेका भारतीय दर्शकले बोटल फाल्न शुरु गरे भने सिट पनि निकालेर फाल्न खोजेका थिए । त्यसपछि खेल नै रोक्नु परेको थियो भने खेल सकिनु अगावै श्रीलंकालाई विजेता घोषणा गरिएको थियो ।

. हेडफोन कान्ड

१९९९ मा भएको विश्वकप पनि विवादित बन्यो । भारतविरुद्धको खेलमा हेन्सी केन्येले हेडफोनमा पाकिस्तानका कोच बब वुल्मरसँग कुरा गरेको भेटिएपछि भारतीय कप्तान सौरभ गांगुलीले अम्पायरलाई सूचित गरेका थिए । जसका कारण क्रोन्येले इयरफोन निकाल्न परेको थियो । प्रतियोगिताका दौरान अरु कुनैसँग कुरा गर्नु खेल भावना विपरित पनि हो ।

८. जँड्याहा एन्ड्रयू  फ्लिन्टफ 

२००७ को विश्वकपका बेला इंग्ल्याण्डका उप कप्तान थिए एन्ड्रयू  फ्लिन्टफ । उनी रक्सी खाएर हल्लिएको अवस्थामा फेला परेका थिए । त्यतिबेला उनी बोटबाट पनि खसेका थिए । जसका कारण उनले उप कप्तानबाट राजीनामा दिनु परेको थियो ।

Post Add 1025X115
Loading...