सी डिभिजन लिग ७ गतेदेखि

0

शहीद स्मारक सी डिभिजन लिगको छनोट प्रतियोगिता जेठ ७ गतेदेखि हुने भएको छ ।

अखिल नेपाल फुटबल संघको आयोजनामा हुने यो छनोट प्रतियोगितामा विभिन्न जिल्लाबाट ३८ टिमको सहभागिता रहेको छ ।

सहभागि टिमलाई १२ वटा समूहमा विभाजन गरिएको छ ।

सी डिभिजन लिगमा यसबाट तीनवटा टिमहरु छनोट हुनेछन् ।  अहिले सी डिभिजन लिगमा ११ वटा टिम प्रतिष्पर्धा गरिरहेका छन् । तीन टिम थपिएपछि लिगमा कुल १४ टिमले सहभागिता जनाउनेछन् ।

Post Add 1025X115
Loading...