एमएस धोनीका समर्थकलाई खुशीको खबर

0

विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाईज लिग आईपीएलको अर्को संस्करणमा पनि महेन्द्रसिंह धोनी खेल्ने छन् ।

उनको फ्रेन्चाईज टिम चेन्नाई सुपर किंग्सका सिइओ काशी विश्वानाथले अर्को सिजन पनि आईपीएल खेल्ने खुलाशा गरेका हुन् ।
न्यू इण्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा धोनीले पनि २०२० को आईपीएल खेल्ने संकेत गरेका थिए ।

हालै सम्पन्न आईपीएलको फाइनल खेलेको चेन्नाईका लागि उनले १५ खेलमा ४१६ रन बनाए भने केही खेलमा उनकै प्रदर्शनले जीत पनि हात लागेको थियो । फाइनलमा भने मुम्बईसँग चेन्नाई १ रनले पराजित भएको थियो ।

Post Add 1025X115
Loading...