उलटपुलटमा माहिर न्यूजिल्याण्ड !

0

न्यूजील्याण्ड बल्याक क्याट्सले चिनिन्छ । न्यूजील्याडले अहिलेसम्म विश्वकपको ट्रफी उचाल्न सकेको छैन् । उसले १ जुनमा श्रीलंकाविरुद्ध खेल्दै आईसीसी विश्वकप २०१९ को सुरुआत गर्ने छ । विश्वकपमा ६ पटक सेमिफाइनलमा पुगेको थियो भने २०१५ को फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि पहिलो पटक उपाधि जित्ने धोको पुरा गर्न सकेन् । केन विलियमसनको नेतृत्वमा रहेको न्यूजिल्याण्ड पहिलो पटक उपाधि जित्ने धोको पुरा गर्ने दाउँमा हुने छ ।

मार्टिन गुप्टिल


न्यूजिल्याण्डका उत्कृष्ट व्याट्सम्यान मार्टिन गुप्टिलले १६९ एक दिवसीयमा ६ हजार ४ सय ४० रन बनाएका छन् ।

जसमा उनका तीन वटा शतक पनि सामेल छन् । गत विश्वकपमा उनले दोहोरो शतक बनाएर रेकर्ड पनि बनाएका थिए । उनको काँधमा बलियो शुरुआत दिलाउने हो ।

 

केन विलियमसन
टीमका सबैभन्दा अनुभवि खेलाडी हुन केन विलियमसन ।

उनको काँधमा पनि पहिलो पटक विश्वकप जिताउने अभिभारा हुने छ । उनले १३९ एकदिवसीयमा ५ हजार ५ सय ५५ रन बनाएका छन् ।

जसमा ११ शतक तथा ३७ अर्धशतक सामेल छन् ।

रस टेलर
रस टेलर पनि अनुभवि खेलाडी हुन् । न्यूजिल्याण्डका लागि २१८ एकदिवसीय क्रिकेटमा उनले ४८.३२ को स्ट्राइक रेटमा ८ हजार २६ रन बनाएका छन् । जसमा २० शतक र ४७ अर्धशतक समेत छन् ।

ट्रेन्ट बोल्ट
ट्रेन्ट बोल्टले न्यूजिल्याण्डको मुख्य बलिङ लाइन अपको नेतृत्व गर्ने छन् । बायाँ हाते बलर बोल्टले ७९ एकदिवसीय क्रिकेटमा १४७ विकेट हात पारका छन् । उनको बलिङ स्पिडका कारण व्याट्सम्यानहरुलाई खुलेर खेल्न भने समस्या हुने छ । उनी स्विङका पनि महारथी नै हुन् ।


कलिन मुनरो

कॉलिन मुनरो
३२ वर्षीय कलिन मुनरो न्यूजिल्याण्डका सफल ब्याट्सम्यान हुन् । टीमका लागि छिटो रन बनाउन उपयोगी हुने अपेक्षा गरिएको छ । उनले ५१ एकदिवसीयमा उनले ७ अर्धशतक सहित ११ हजार ४६ रन बनाएका छन् ।

टिम साउथी

टिम साउदी
दायाँ हाते तिब्र गतिका बलर हुन् टिम साउथी । उनले १३९ एकदिवसीय क्रिकेटमा १८५ विकेट लिएका छन् । उनी न्यूजिल्याण्डको टिमका तिब्र गतिमा ट्रेन्ट बोल्टलाई साथ दिने छन् ।

विश्वकपमा न्यूजिल्याण्डको प्रदर्शन
१९७५, १९७९, १९९२, १९९९, २००७ र २०११ मा सेमिफाइनल । १९९५ मा क्वार्टरफाइनल, २००३ सुपर सिक्स, १९९३ र १९८७ मा समूह चरणबाटै आउट । २०१५ मा फाइनलमा अस्ट्रेलियासँग पराजित ।

Post Add 1025X115
Loading...