सूर्य नेपाल प्रिमियर गल्फकाे उपाधि आचार्यकाे टिमलाई

0

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि दिपक आचार्य नेतृत्वको टिमले जितेको छ ।

७२ पारको गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा आज सम्पन्न प्रतियोगितामा दिपकको टिमले कुल १६६ स्टेबल फोर्ड पोइन्ट जितेको थियो । स्टेबल फोर्ड थ्री बाई फोर ह्यान्डिक्यापका आधारमा खेलाइएको प्रतियोगितामा दिपकले ३९ अंक बनाएका थिए ।

उनको टिममा सद्भाव आचार्यले सर्वाधिक ४५ अंक बनाएका थिए । यस्तै हृदेश कुमार सिंहले ४३ र काल्साङ शेर्पाले ३९ अंक बनाएका थिए ।

सचिन भट्टराई नेतृत्वको टिम १४९ अंक बटुल्दै दोस्रो भयो । सचिनले ३८, कश्मिरा शाहले ३८, टेन्डी शेर्पाले ३७ र रवीन्द्र तिवारीले ३७ अंक बनाएका थिए । टासी घलेको टिमले १४१ अंक जोड्दै तेस्रो भयो ।

टासी घलेले ३८, भरत बस्ताकोटीले ३५, मदन राणले ३४ र हेमन्त थापाले ३४ अंक बनाएका थिए । प्रतियोगिामा पुरुष तर्फ सद्भाव र महिला तर्फ कश्मिरा शाहले सर्वाधिक ब्यक्तिगत स्कोर बनाएका थिए ।

लंगेस्ट ड्राइभ वाङचेन दोन्डुपले गरे भने तुलसी भट्टले क्लोजेस्ट टु द पिन प्रहार गरिन् । एक दिने प्रतियोगितामा २५ प्रोफेस्नल सहित ९७ खेलाडीको सहभागिता थियो

Post Add 1025X115
Loading...