क्रिकेट विश्वकप जित्ने देशले पाउँछ ४ मिलियन डलर पुरस्कार, अरुको कति ?

0

एजेन्सी, ३ जेठ । विश्वकप क्रिकेट शुरुहुन अब केही दिन मात्रै बाँकी छ । १२ औं संकरणको विश्वकप ३० मेबाट शुरुहुदैछ । विश्वकपमा १० टिमले भाग लिदैंछन् । इंग्ल्याण्ड र वेल्समा ४६ दिनसम्म चल्ने छ ।

आईसीसी वल्डकप जित्ने टिमले ४ मिलियन डलर पुरस्कार पाउने छन् । जुन विश्वकप जित्ने टिमले आफैले लग्नेछन् ।
उप विजेता हुने टिमको पोल्टामा २ मिलियन डलर मात्रै पर्ने छ । यसैगरी सेमफिाइनल अर्थात तेस्रो र चौथो हुने टिमले ८ लाख अमेरिकी डलर पुरस्कार पाउने छन् ।

यसैगरी समूह चरणमा जित निकाल्ने टिमलाई ४० हजार डलर रकम दिइने छ । आईसीसले २०१५ को विश्वकप जित्ने टिमलाई ३.७५ मिलियन डलर पुरस्कार दिएको थियो । अहिले बढाएर ४ मिलियन पुर्याएको हो । आईसीसी विश्वकप २०१९ को फाइनल खेल १४ जुलाईमा लर्डस मैदानमा हुने छ ।

Post Add 1025X115
Loading...