पाकिस्तानी टिममा मोहम्मद आमिरलाई बोलाइयो

0

कराँची, ३ जेठ । पाकिस्तानका तिव्रगतिका बलर मोहम्मद आमिर विश्वकपका लागि टिममा परेका छन् ।

इंग्ल्याण्डविरुद्धको सिरिजमा पाकिस्तानी बलरहरु चल्न नसके पछि विकल्पको रुपमा आमिरलाई पछिल्लो समय टिममा बोलाइएको हो । एक टी–२० र दुई वटा एक दिवसीय क्रिकेटमा पाकिस्तानी बलरमाथि इंग्लिस व्याट्सम्यानहरु हावी भएपछि विकल्पको रुपमा आमिरलाई बोलाउन पाकिस्तान क्रिकेट बोर्ड सहमत भएको हो ।

खराब फर्मका कारण यसअघि उनी पाकिस्तानी टिममा अटाएका थिएनन् । साथै उनी विरामी भएकाले पनि त्यतिबेला छान्न नसकिएको पीसीबीले जनाएको थियो ।

अब उनी इंग्ल्याण्डमा चेक अप गरेपछि टिमका लागि विश्वकप अघि उपलव्ध हुने जनाइएको छ । पाकिस्तानी कप्तान सर्फराज अहमद र मूख्य कोच मिकी आर्थरले पनि आमिर आउँदा बलिङ लाइन अप बलियो हुने बताएका छन् ।

पाकिस्तानी क्रिकेट टिमका मूख्य चयनकर्ता इन्जमाम उल हक आमिरलाई बोलाउन तयार भए पनि उनको स्वास्थ्य रिपोर्ट पछि मात्रै बोल्ने बताएका छन् । यसैगरी विश्वकपको टिममा आशिफ अलिलाई पनि बोलाउन जनाइएको छ ।

Post Add 1025X115
Loading...