ह्वील चियर कप टि-२० क्रिकेटमा नेपाल जितबिहीन

0

ह्वील चियर कप टि-२० क्रिकेटमा नेपालले खराब प्रदर्शन गरेको छ । चार टोली सम्मेलित प्रतियोगितामा नेपालले तीनै टिमसँग पराजय भोगेको छ ।

यसअघि भारत र बंगलादेशसँग पराजित भएको नेपाल आज भएको अन्तिम खेलमा पाकिस्तानसँग १३० रनको भारी अन्तरले पराजित हुन पुग्यो । नेपाल पराजित हुँदा पाकिस्तान भने शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न सफल भएको छ । पाकिस्तानले भारतसँग पराजय भोगेको थियो भने बंगलादेशलाई हराएको थियो ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा चार विकेट गुमाउँदै २६९ रनको भारी योगफल तयार पारेको थियो । पाकिस्तानका लागि मोहम्मद लतिफले १४६ रनको योगदान दिएका थिए । २७० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनमा समेटियो । जितसँगै पाकिस्तानले ४ अंक बनाएको छ भने शीर्ष स्थानमा रहेको भारतको ६ अंक छ ।

विस्तृत जानकारी केही बेरमा

Post Add 1025X115
Loading...