‘चोकर’को कलंक हटाउने प्रयासमा दक्षिण अफ्रिका, यसकारण दक्षिण अफ्रिकीलाई भनियो चोकर

0

कुनै बेला मौसम त कुनै बेला खराब फिल्डिङ । कुनै बेला म्याच टाई हुनु । यस्तै दुर्भाग्यका कारण दक्षिण अफ्रिका अहिले आईसीसी विश्वकपको फाइनलमा पुग्न सकेको छैन । उत्कृष्ट टिम हुँदा हुँदै पनि दक्षिण अफ्रिकालाई भाग्यले साथ नदिँदा फाइनलबाट बञ्चित हुन परेको इतिहास छ ।

विश्वकप शुरु हुनभन्दा अघि दक्षिण अफ्रिकालाई उपाधिको दाबेदारका रुपमा हेरिने गरिएको छ । उसको तुलना भारत वा अष्ट्रेलियासँग गरिँदै आएको छ ।

यो विश्वकपमा दक्षिण अफ्रिकासँग कागिसो रबाडा, डेल स्टेन जस्ता उत्कृष्ट बलर र क्वीन्टन डिकक, हसिम अमला र फाफ डू प्लेसी जस्ता ब्याट्सम्यान छन् । उनीहरुको उत्कृष्ट प्रदर्शनका कारण दक्षिण अफ्रिकाले कुनै पनि टिमलाई धुलो चटाउन सक्छ ।

तर, जव विश्वकप शुरु हुन्छ दक्षिण अफ्रिकाका खेलाडीले आफ्नो क्षमता अनुशारको प्रदर्शन गर्न सक्दैनन् । यस्तै कारणले गर्दा सन् १९९२ को विश्वकपदेखि क्रिकेट विश्वकपमा सहभागिता जनाएको दक्षिण अफ्रिका ‘चोकर’ को कलंक बोक्न बाध्य छ ।

तर, ३० मे देखि इंग्ल्याण्डमा शुरु हुने विश्वकपमा दक्षिण अफ्रिका यो कलंक धुने लक्ष्यमा हुनेछ । टिमको सबैभन्दा बलियो पक्ष बलिङ हो । रबाडा र डेल स्टेन जसता तीब्र गतिका बलर र ताहिर जस्ता अनुभवी स्पीनरले दक्षिण अफ्रिकाको भाग्य घुमाउन सक्नेछन् । यतिमात्र होइन विश्वको सबैभन्दा उत्कृष्ट फिल्डरहरु टिममा छन् ।

सन् १९९२ को सेमिफाइनल

४३औं ओभरको अन्तिम बलअघि मैदानमा वर्षा भयो । बर्षा रोकिँदा दक्षिण अफ्रिकालाई १३ बलमा २२ रनको आवस्यकता थियो । वर्षाका कारण दुई ओभर खेल्न नपाउँदा दक्षिण अफ्रिकालाई नयाँ लक्ष्य दिइयो… १ बलमा २२ रन ।

सन् २०१५ को विश्वकपसम्म दक्षिण अफ्रिकाले नकआउट चरणका एउटा पनि खेल जित्न सकेन ।

२०१५ मा पाकिस्तानविरुद्धको खेलमा दक्षिण अफ्रिकाले ४७ ओभमार २३२ रनको लक्ष्य दिइएको थियो । यो लक्ष्य ५० ओभरमा २०३ रनको थियो ।

दक्षिण अफ्रिकाको विश्वकपमा प्रदर्शन

१९९२ सेमिफाइनल
१९९६ क्वार्टर फाइनल
१९९९ सेमिफाइनल
२००३ समूह चरण
२००७ सेमिफाइनल
२११ क्वार्टर फाइनल
२०१५ सेमिफाइनल

Post Add 1025X115
Loading...