क्रिकेट : ४ रनमा अल आउट ! कसैले खाता खोलेनन्

0

भनिन्छ क्रिकेट अनिश्चित खेल हो । भारतको यू–१९ महिला क्रिकेटको घरेलु प्रतियोगितामा कसारागोडको टिम ४ रन बनाउँदा अल आउट भएको छ ।

मल्लापुरमको पेरिनथलमन्ना स्टेडियममा विहीबार भएको खेलमा वायनाडविरुद्धको खलेमा कसारागोड ४ रनमा अल आउट भयो ।

उसका कुनै पनि खेलाडीले खाता खोल्न सकेनन् भने सबै बोल्ड आउट भएका थिए । टिमले जोडेको ४ रन पनि अतिरिक्तबाट आएको हो । क्रिकेटको इतिहासमा सबै खेलाडी एकै किसिमले आउट भएको पहिलो पटक हो । वायनाडाले ५ रनको लक्ष्य पहिलो ओभरमै पुरा गर्दै १० बिकेटको जित निकालेको थियो ।

कसारागोडले शुरुको २ ओभरसम्म कुनै पनि विकेट गुमाएको थिएन् । उसकी कप्तान एस अक्षताले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । टीमकी ओपनर विक्षिता र एस चित्राले २ ओभरसम्म ब्याटिङ गर्दा खाता नै खोल्न सकेनन् । वायनाडले लगातार विकेट लिएको थियो ।

२ वर्ष पहिले नागाल्याण्डको टिम २ रनमा अल आउट भएको थियो । २०१७ फेब्रुअरीमा केरलाविरुद्धकोख ृलमा नागाल्याण्डको महिला यू १९ टिम २ रनमा अल आउट हुँदा ओपनर मेनकाले एक रन बनाएकी थिइन् । त्यतिबेला एक रन वाइडका रुपमा आएको थियो । एजेन्सीबाट

Post Add 1025X115
Loading...