एभरेष्ट म्याराथन जेठ १५ गते

0

तेन्जिङ हिलारी एभरेष्ट म्याराथन जेठ १५ गते हुने भएको छ ।

हिमालय एक्सपीडीसन्सले  पत्रकार सम्मेलन गर्दै एभरेष्ट म्याराथन जेठ १५ गते हुने बताएकाे छ ।

म्याराथनमा स्वदेशी र विदेशी गरी २ सय बढी धावकको सहभागिता रहने छ ।

म्याराथनमा तीन स्पर्धाको दौड हुनेछ । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा ४२।१९५ किमिको म्याराथन, ६० किमिको अल्ट्रा म्याराथन र २१ किमिको हाफ म्याराथनमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

फुल म्याराथनमा महिला, पुरुष र विदेशी विधा समावेश गरिएको छ ।

फुल म्याराथनको पुरुषतर्फको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार प्राप्त गर्ने छन् । महिला स्पर्धामा पहिलो हुनेले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउने छन् । विदेशी स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमश ५०,३५ र २५ हजार पाउने छन् ।

अल्ट्रा दौडको विजेताले १ लाख , दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउने छन् । हाफ म्याराथनतर्फको विजेताले ५० हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार पाउने छन् ।

प्रतियोगिताको फुल म्याराथनमा १२५, हाफ म्याराथनमा १२ र एभरेष्ट एक्सट्रिम अल्ट्रा दौडमा १७ खेलाडीको सहभागिता रहने

Post Add 1025X115
Loading...