नेपाली युवा क्रिकेटरलाई प्रशिक्षणकाे वाताबरण मिलाउन सन्दीप अष्ट्रेलिया जाँदै

तिनकुनेमा खेले समर्थकसँग क्रिकेट

0

नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपुर्ण सदस्य सन्दिप लामिछानेले आफ्ना समर्थक माझ क्रिकेट खेलेका छन । तिनकुनेमा विहानको समय पारेर सन्दिपले समर्थकसँग केहि समय विताए । जसमा उनले बलिङ र ब्याटिङ गरेका थिए । उनले गरेको बलिङमा समर्थकले ब्याटिङ गरेका थिए ।

पछिल्लो इन्डियन प्रिमियर लिगबाट फर्किएपछि उनी विभिन्न गतिविधीमा ब्यस्त रहेका छन । यस्तैमा उनले समर्थकलाई तीनकुने चौरमा भेटेर क्रिकेट खेलका थिए । लामो समय पछि स्वदेश फर्किएका उनी आज गृहनगर चितवन जाँदैछन । परिवारसँग केहि समय विताएपछि उनी फेरी अष्ट्रेलिया जानेछन ।

अष्ट्रेलियमा उनले आफ्नो आगामी दिनको प्रशिक्षणका साथै विगब्यास लिगको योजना र अरु नेपाली क्रिकेट खेलाडीलाई प्रशिक्षणको वाताबरण मिलाउने तयारीमा रहेका छन ।

केहि साताका लागि जान लागेका सन्दिपले अरु नेपाली युवा खेलाडीलाई पनि अष्ट्रेलियाका एकेडेमीमा प्रशिक्षणको लागि पहल गर्ने बुझिएको छ ।

Post Add 1025X115
Loading...