सागका कारण परिषद्ले १५ अर्व बजेट माग्ने तयारी

0

आर्थिक बर्ष २०७६–७७ का लागि राष्ट्रिय खेलकुद परिषद्ले १५ अर्व रुपैयाँ बजेट माग गर्ने भएको छ । यसै बर्ष सागको आयोजना गर्नुपर्ने भएकाले कुल बजेट परिषद्ले १५ अर्व माग गर्ने भएको छ ।

नयाँ आर्थिक बर्षका लागि परिषदलाई एक अर्व ७० करोडको सिलिङ तोकेको छ । जसमा परिषद्ले तीन अर्व माग्ने तयारी गरेको छ । यसका साथै सागका लागि मन्त्रालयले बजेट निर्धारण गर्दा चार अर्व भनिएपनि सो बजेटलाई बढाउने भएको छ ।

यसअघि परिषद्लाई दुई अर्व २३ करोड रुपैयाँ आएको थियो । जसमा धेरै पुर्वाधार निर्माण र आठौं राष्ट्रिय खेलकुदको आयोजनाका लागि थियो । यसपटक पनि राखेप च्याम्पियनसिप, साग र प्रशासनिक खर्चका लागि बजेट बढाउने तयारी गरेको छ ।

यसका साथै सागका लागि छुट्टै बजेट माग गर्ने पनि तयारी परिषदको छ । सागको आयोजना डिसेम्बरमा गर्ने तयारीमा सरकार रहेको छ ।

Post Add 1025X115
Loading...